पोखरामा लायन्स क्लबको आयोजनामा रक्तदान कार्यक्रम , ३८ पिन्ट रगत संकलन

पोखरामा लायन्स क्लबको आयोजनामा रक्तदान कार्यक्रम , ३८ पिन्ट रगत संकलन
२०८१ माघ १३ गते आईतबार ०९:५३

रगतको अभावले कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उदेश्यका साथ् पोखरा महानगरपालिका वडा नं. ९ महेन्द्रपुल हुलाक कार्यालय नजिक लायन्स क्लब अफ पोखरा कालीका भ्यूटाउन, लायन्स क्लब अफ पोखरा स्काईटाउन र लायन्स क्लब अफ पोखरा गतिशिल मञ्जरीको...

रगतको अभावले कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उदेश्यका साथ् पोखरा महानगरपालिका वडा नं. ९ महेन्द्रपुल हुलाक कार्यालय नजिक लायन्स क्लब अफ पोखरा कालीका भ्यूटाउन, लायन्स क्लब अफ पोखरा स्काईटाउन र लायन्स क्लब अफ पोखरा गतिशिल मञ्जरीको संयुक्त आयोजनामा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब ईन्टरनेशनल ३२५ एम अन्तर्गत रक्तदान कार्यक्रमका डिपार्टमेन्ट हेड लायन विष्णु प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा रक्तदान कार्यक्रमका डिपुटी हेड नारायण प्रसाद अधिकारी, डिजि क्लब भिजिटका चिफ विष्णुराज पराजुली, रिजन ३ का रिजन चेयरपर्सन युवराज पौडेल, जोन ६ का जोन चेयर पर्सन श्याम प्रसाद तिमिल्सिना, जि.एस.टि. कोअर्डिनेटर शुक्रराज अधिकारीको विशेष उपस्थिति रहेको थियो ।

माघ १२ गते शनिवारको बिहान तिन वटा क्लबका विभिन्न पदाधिकारी समेतको उपस्थिति रहेको उक्त रत्तदान कार्यक्रममा ३८ पिन्ट रगत संकलन भएको थियो ।

उक्त कार्यक्रममा रक्तदानको महत्व माथि प्रकाश पार्दै रक्तसंचार केन्द्र पोखराका कार्यालय प्रमुख अर्जुन ज्ञवालीले रक्तदातालाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

लायन्स क्लब अफ पोखरा कालिका भ्यूटाउनका अध्यक्ष ईश्वर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अतिथि तथा रक्तदाताहरुलाई स्वागत लायन्स क्लब अफ पोखरा गतिशिल मञ्जरीको तर्फबाट चन्द्रकला रेग्मीले गर्नुभएको थियो ।

प्रकाशित मिति २०८१ माघ १३ गते आईतबार ०९:५३
प्रतिक्रिया दिनुहोस्