बर्षीय सन्तोष चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए।
प्रहरी निरीक्षक रानाका अनुसार , तुलसीपुर–५ मा रहेको एन.एम.बि बैंकको शाखा कार्यालयमा चोर पसेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक बिनोदराज खत्रीको कमाण्डमा खटिएको प्रहरी टोली उनलाई पक्राउ गरेको हो ।
गएराती २ बजेको समयमा बैंकको गेटको ताला तोडेर बैंकभित्र पसेर चोरी गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले चोरी गर्न प्रयोग गर्ने हतौडा, छिना, पिलाससँगै रा ५ प ९७९ नम्बरको स्कुटीसमेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ
प्रकाशित मिति २०८१ माघ १३ गते आईतबार ०७:१९