कास्की अदालतले मागेको धरौटीविरुद्ध उच्च पुगे रवि लामिछाने

कास्की अदालतले मागेको धरौटीविरुद्ध उच्च पुगे रवि लामिछाने
२०८१ माघ १४ गते सोमबार ०४:४८

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पोखरा उच्च अदालतमा पुनरावेदन गरेका छन् । सोमबार धरौटी रकम उच्च भएको र साधारण तारिखमा नै छोड्नुपर्ने माग सहित उनी उच्च अदालत...

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पोखरा उच्च अदालतमा पुनरावेदन गरेका छन् ।

सोमबार धरौटी रकम उच्च भएको र साधारण तारिखमा नै छोड्नुपर्ने माग सहित उनी उच्च अदालत पुगेका हुन् ।

रविलाई कास्की जिल्ला अदालतले ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति २०८१ माघ १४ गते सोमबार ०४:४८
प्रतिक्रिया दिनुहोस्