रविको लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने

रविको लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने
२०८१ माघ २४ गते बिहिबार ०४:३१

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको थुनछेक आदेश आजै आउने भएको छ । चितवनको साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा रविविरुद्धको थुनछेक बहस बेलैमा सकिएकोले आजै आदेश गर्ने...

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको थुनछेक आदेश आजै आउने भएको छ ।

चितवनको साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा रविविरुद्धको थुनछेक बहस बेलैमा सकिएकोले आजै आदेश गर्ने तयारी गरिएको हो ।

चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबार र आज बिहीबार थुनछेक बहस भएको हो । थुनछेक बहससँगै जवाफी बहस पनि सकिएकोले अदालतले आजै आदेश गर्ने तयारी गरेको हो ।

साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि बुधबार अदालतले प्रहरीको जिम्मा लगाइएको थियो ।

सहारा सहकारी ठगीमा मंगलबार रविसहित ३२ जनाविरुद्ध चितवन अदालतमा अभियोग पत्र दायर भएको हो।

बिहीबार पुन: अदालतमा उपस्थित गराएपछि सुरुमा सरकारी वकिल र जाहेरवालाका कानुन व्यवसायीले बहस गरेका थिए। उनीहरूको बहसपछि सुशील पन्तले एक घण्टाभन्दा बढी बहस गरे। उनले यसअघि रविविरुद्ध मुद्दा दर्ता भएका तीनवटा जिल्ला अदालतमा पनि बहस गरेका थिए। अरू दुई जनाले पनि उनका पक्षबाट बहस गरे।

बिहीबार बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका भोलानाथ निरौला र धादिङका दशरथ पंगेनीले अभियोजनका पक्षबाट बहस गरेका थिए।

चितवनमा रविलाई सहारा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ। गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ८० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरेको अभियोग छ। यसमा रवि, छवि, जीबी र कुमार रम्तेलको संलग्नता रहेको दाबी छ।

उनीसहित २० जनालाई ठगीमा प्रतिवादी बनाइएको छ। अरू १२ जनालाई मात्रै संगठित अपराधमा पनि प्रतिवादी बनाइएको छ।

प्रकाशित मिति २०८१ माघ २४ गते बिहिबार ०४:३१
प्रतिक्रिया दिनुहोस्