कैलालीमा आमा र नाबालक छोरी घरभित्रै मृत भेटिए

कैलालीमा आमा र नाबालक छोरी घरभित्रै मृत भेटिए
२०८१ माघ २५ गते शुक्रबार ०१:४७

कैलालीको गोदावरीमा आमाछोरी एकसाथ मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमाछोरी मृत भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिनेमा २४ वर्षीया मीरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेको जिल्ला प्रहरी...

कैलालीको गोदावरीमा आमाछोरी एकसाथ मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमाछोरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृत भेटिनेमा २४ वर्षीया मीरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कविन्द्र सिंह बोहराले बताए ।

उनकाअनुसार बिहीबार साँझ साढे ७ बजे घरमै आमा झुन्डिएको अवस्थामा भेटिएकी हुन्। उनकी छोरी पासो काटेको अवस्थामा भुइँमा मृत भेटिएकी छन् ।

मृतक मीराका सहोदर देवर नरेश विकले घरभित्र झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । घटनाका बेला उनकी सासू पनि घरमा नभएको पाइएको प्रहरीले जनाएको छ ।

दुवैजनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कैलालीमा पछिल्लो समय एकपछि अर्को अपराधिक घटना भइरहेका छन् ।

प्रकाशित मिति २०८१ माघ २५ गते शुक्रबार ०१:४७
प्रतिक्रिया दिनुहोस्