तीर्थयात्री बोकेर देवघाट जाँदै गरेको बस गएरराती धादिङमा दुर्घटना हुदा एक जनाको मृत्यु, २३ जना घाइते

तीर्थयात्री बोकेर देवघाट जाँदै गरेको बस गएरराती धादिङमा दुर्घटना हुदा एक जनाको मृत्यु, २३ जना घाइते
२०८१ माघ २८ गते सोमबार ०१:३७

धादिङमा गएराति तीर्थयात्री सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। काठमाडौँबाट चितवनको देवघाट जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस आइतबार राति १० बजे पृथ्वी राजमार्गमा पर्ने धादिङको थाक्रे गाउँपालिका...

धादिङमा गएराति तीर्थयात्री सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

काठमाडौँबाट चितवनको देवघाट जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस आइतबार राति १० बजे पृथ्वी राजमार्गमा पर्ने धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ सातकिलामा दुर्घटनामा सडकबाट तल खसेर दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा दोलखा भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी काफ्लेको उपचारको क्रममा महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये ५ जनाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। बाँकी ९ जनाको प्रहरी अस्पताल र ८ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिए।

प्रकाशित मिति २०८१ माघ २८ गते सोमबार ०१:३७
प्रतिक्रिया दिनुहोस्