काठमाण्डौमा गत हप्ता भएको ग्यास विस्फोटमा परेर घाइते भएका दुई जनाको मृत्यु भएको छ।
जिल्लाको कमलपोखरीस्थित शानदार म:म: पसलमा गएको हप्ता भएको ग्यास विस्फोटमा घाइते भएका दुई जनाको उपचार्ताका क्रममा मृत्यु भएको हो।
उक्त बिष्फोटमा परेर गम्भीर घाइते भएका रबिन राई र भीम बहादुर घलेको सोमबार उपचारका क्रममा किर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए।
उक्त विस्फोटमा ११ जना गम्भीर घाइते भएका थिए, जसको हाल किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति २०८१ माघ २९ गते मङ्गलबार ११:३४