काठमाडौँको बूढानीलकण्ठबाट २३ जना भारतीय नागरिकलाई अवैध रुपमा ३ अर्ब बढीको कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बूढानीलकण्ठको एक घर भाडामा लिएर उनीहरूलाई अनलाइन सट्टाबाजी, क्रिप्टो लगायतको कारोबार गराएको प्रहरीको दाबी छ।
प्रहरीले उनीहरुको साथबाट ८८ वटा मोबाइल, १० वटा ल्यापटप, भारतीय सिम ५०, भारतीय एटीएम, विभिन्न व्यक्तिको आधार कार्ड १५ थान र हिसाब-किताब विवरण भएको डायरी ७ वटा बरामद भएको छ।
प्रहरीले आइतबार राति दोर्जी लामाको दुई तले घर भाडामा लिएर बसेको र अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा २३ जना भारतीय नागरिकहरू पक्राउ परेका थियो ।
प्रारम्भिक अनुसन्धानबाट करिब ३ अर्बको कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८१ माघ २९ गते मङ्गलबार ०६:२३