वनभोजबाट फर्केका विद्यार्थी सवार स्कुल बस दुर्घटना हुदा तीन जनाको मृत्यु, ४० घाइते

वनभोजबाट फर्केका विद्यार्थी सवार स्कुल बस दुर्घटना हुदा तीन जनाको मृत्यु, ४० घाइते
२०८१ माघ ३० गते बुधबार ०९:१२

काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य ४० घाइते भएको प्रहरीले जनाएको छ । चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको...

काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य ४० घाइते भएको प्रहरीले जनाएको छ ।

चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिए । मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ घर भई हाल कपन बस्ने वर्ष ११ को क्रिसल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई हाल चाबहिल बस्ने वर्ष २४ को सुरेश तामाङ र सिन्धुपाल्चोक घर भई हाल भिमसेनगोला बस्ने वर्ष १४ को शुशाङ्का डोटेल रहेका छन्।

बनभोज खाएर नगरकोटबाट साँखुतर्फ आउँदै गरेको उक्त रिजर्भ बस साँझ ५ बजेतिर दुर्घटना भएको हो ।

प्रकाशित मिति २०८१ माघ ३० गते बुधबार ०९:१२
प्रतिक्रिया दिनुहोस्