क्यानडामा अवतरण गर्ने क्रममा ८० जना सवार विमान पल्टियो

क्यानडामा अवतरण गर्ने क्रममा ८० जना सवार विमान पल्टियो
२०८१ फाल्गुण ६ गते मङ्गलबार ०९:०१

क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिएको छ। बिबिसीका अनुसार विमान पल्टिदाँ तीन गम्भीर घाइते भएका छन्। क्यानडाको टोरन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्ने क्रममा पल्टिदा तीन जना गम्भीर घाइते...

क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिएको छ। बिबिसीका अनुसार विमान पल्टिदाँ तीन गम्भीर घाइते भएका छन्। क्यानडाको टोरन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्ने क्रममा पल्टिदा तीन जना गम्भीर घाइते भएका हुन् ।

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय सोमबार दिउँसो २:४५ बजे अवतरण गर्ने क्रममा पल्टिएको हो।

चिकित्सा सहायतामा संलग्न टोलीका अनुसार यस घटनामा १५ जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेमा एक बालक र दुई वयस्क छन्। विमानलमा ७६ यात्रु तथा चालक दलका ४ गरी ८० जना सवार थिए ।

दुर्घटनाग्रस्त विमानमा २२ जना क्यानडाका र अन्य विदेशी यात्रु सवार भएको समाचारमा उल्लेख छ । विमान अमेरिकाबाट क्यानडा गएको हो । प्रहरीले धरै जसो यात्रु सकुशल भएको बताएको छ । विमान दुर्घटनापछि धेरै उडान रद्द हुँदा यात्रु अलपत्र परेका छन् ।

प्रकाशित मिति २०८१ फाल्गुण ६ गते मङ्गलबार ०९:०१
प्रतिक्रिया दिनुहोस्