गण्डकी प्रदेशमा इन्जिनियर र आर्किटेकहरुकाे छाता संस्था नेपाल ईन्जिनियर एसाेसिएसन गण्डकी प्रदेश र व्रजर पेन्ट्स विचमा विविध विषयमा सम्झाैता भएकाे छ । विकास निर्माणको क्षेत्रमा क्रियाशिल रहेका दुई हजार ३ सय वढि ईन्जिनियर एसाेसिएसनमा आवद्ध रहेका छन् । सम्झाैता अनुशार १ वर्ष व्रजर पेन्टले ८ लाख रुपियाँ ईन्जिनियरहरुकाे सीप अभिवृद्धिमा र पाेखरामा रहेका ३ वटा ईन्जिनियरिङ कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुकाे सीप मुलक तालिममा खर्च गरिने जानकारी दिएका छन् । सम्झाैता पत्रमा हस्ताक्षर गर्दै एसाेसिएसनका अध्यक्ष सन्ताेष जिसी र व्रजर पेन्टका कन्ट्री मेनेजर राजिव राेय विचमा सम्पन्न भयाे ।
कार्यक्रममा राेयले पेन्टस् र यसकाे प्रयाेग वारे जानकारी दिदै रंग मिलाएर लगाउन जाने लामाे समय सम्म टिक्ने हुनाले तालिम प्राप्त पेन्टरवाट लगाउनु पर्नेमा जाेड दिए ।
साेहि कार्यक्रममा एसाेसिएसनका पुर्व अध्यक्ष रमेश वाँस्ताेलाले कार्यक्रमकाे सफलताकाे शुभकामना व्यक्त गरेका थिए । एसाेसिएसनका अध्यक्ष ई सन्ताेष जिसीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष ई विशाल थापाले र सञ्चालन सहसचिव ई मञ्जु शिलाकारले गरेकाे सदस्य ई महेन्द्र पाैडेलले जानकारी दिए ।










