गण्डकी कोटिहोम महायज्ञको तयारी तीब्र

गण्डकी कोटिहोम महायज्ञको तयारी तीब्र
२०८१ फाल्गुण ७ गते बुधबार ०८:३५

आगामी बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी तीब्र पारिएको छ । अहिलेसम्म महायज्ञको लागि जग्गा भाडामा लिने , आवस्यक सामग्रीको व्यवस्थापन...

आगामी बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी तीब्र पारिएको छ । अहिलेसम्म महायज्ञको लागि जग्गा भाडामा लिने , आवस्यक सामग्रीको व्यवस्थापन गर्ने, स्वयमसेवक छनोट गर्ने लगायतका भित्री व्यबस्थापनको कार्य सकिएको आयोजकले जनाएको छ ।

मानव सेवा फाउन्डेसनको आयोजनामा हुन लागेको महायज्ञको करिब ७५ प्रतिशत तयारी सकिएको कोटिहोमका संकल्पकर्ता यज्ञ शिरोमणी वालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले जानकारी दिए ।

यसैबीच, आयोजकले कोटिहोम हुने स्थान पोखरा ६ लेकसाइडमा सरोकारवालाहरुसङ अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा बोल्ने सहभागीहरुले कोटिहोम ड्यासाइड क्षेत्रमा आयोजना हुँदा ड्यामसाइड क्षेत्रमा रहेका होटल व्यवसायी तथा पोखराका पर्यटन व्यवसायीलाई फाइदा हुनुको साथै सकारात्मक संस्कारको पनि विकास हुनेमा जोड दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै विश्व हिन्दु महासंघ पोखरा ६ का अध्यक्ष तुलसी दाहालले कोटिहोम महायज्ञको विषयमा अनावस्यक प्रचार गर्नु हिन्दु धर्मप्रतिको प्रहार रहेको बताए । लिलबारी टोल बिकास समितीका अध्यक्ष टिकाराम परियालले कोटिहोम ड्यामसाइडमा निर्वाद रुपमा संचालन हुनुपर्ने बताए । उनले यो पोखरेलीको लागी अवसर रहेको बताउदै कोटिहोमले सबैलाई फाइदा हुने धारणा राखे ।

कार्यक्रममा पोखरा ६ महिला सञ्जालकी अध्यक्ष बबिता मल्लेले कोटिहोम हुने कुराले आफुहरु उत्साहित भएको बताईन । उनले महिला समूहको साथ र समर्थन रहेको बताउदै उनले सरसफाईको क्षेत्रलाई विशेष ध्यानमा राखेर कोटिहोम सञ्चालन गर्न सुझाईन । त्यस्तै पोखरा युवा परिषदका अध्यक्ष डिफान भुजेलले केही कमिकमजोरी भएकै कारण कोटिहोम बिबादमा परेको बताउदै आगामी दिनमा त्यस्ता कमी कमजोरीहरु सुधार्दै अघि बढ्नु पर्नेमा जोड दिए । उनले कोटिहोमको आयब्ययमा पारदर्शीता हुनु पर्नेमा जोड दिए ।

त्यस्तै होटल संघ पोखराका सदस्य विवेक गौतमले पोखराको लेकसाइडमा हुन लागेको कोटिहोमले होटल व्यबसायी उतसाहि भएको बताए । उनले कोटिहोम तोकिएको समयमै हुनु पर्नेमा जोड दिए ।

अन्तरक्रिया कार्यक्रममा आयोजकको तर्फबाट वालयोगेश्वर विजय श्री कृष्णमूर्ति महाराजले जानकारी कोटिहोमका बारेमा बोलेका थिए ।

प्रकाशित मिति २०८१ फाल्गुण ७ गते बुधबार ०८:३५
प्रतिक्रिया दिनुहोस्