पोखराका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

पोखराका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज
२०८१ फाल्गुण ८ गते बिहिबार ०५:१३

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्प्तालबाट डिस्चार्ज भएका छन् । ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा समारोहको उद्घाटन पश्चात् बेलुन उँडाउने क्रममा विस्फोट भई जलेर मेयर आचार्य र सरकारका अर्थमन्त्री विष्णुप्रसाद...

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्प्तालबाट डिस्चार्ज भएका छन् । ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा समारोहको उद्घाटन पश्चात् बेलुन उँडाउने क्रममा विस्फोट भई जलेर मेयर आचार्य र सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेल घाइते भएका थिए ।

घाइते मेयर आचार्य र अर्थमन्त्री पौडेलको उपचार काठमाडौैँको कीर्तिपुर अस्पतालमा भएको थियो । अर्थमन्त्री पौडेल भने तीन दिनअघि नै अस्पतालबाट डिस्चार्ज भएका थिए ।

घटनालगत्तै उपचारका लागि मेयर आचार्यलाई फिस्टेल र अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज लगिएको थियो । उनीहरुको सोही दिन थप उपचारका लागि हेलिकोप्टरमार्फत सोही दिन काठमाडौँ लगिएको थियो ।

आफू घाइते भएपछि उपचारमा संलग्न, स्वास्थ्य लाभको कामना गर्दै आत्मीय स्नेह, आशीर्वाद, र हौसला प्रदान गर्ने सबैप्रति मेयर आचार्यले आभार व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘कठिन घडीमा तपाईंहरूको सद्भाव, मायालु सन्देश, र मनोबल प्रदान गर्ने शुभेच्छा मेरा लागि अत्यन्त प्रेरणादायी रहेका छन् ।’

साथै उनले ‘समृद्ध पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार’ को लक्ष्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन सबैको साथ, सहयोग र सुझाव सधैं अपेक्षित रहने उल्लेख गरेका छन् ।

बेलुन बिस्फोटलाई मेयर आचार्यले प्राविधिक त्रुटिका कारण घटना हुन गएको भनेका छन् । प्रहरीले भने बेलुनमा हावा भर्नेलाई पक्राउ गरी मुद्दा चलाएको छ ।

प्रकाशित मिति २०८१ फाल्गुण ८ गते बिहिबार ०५:१३
प्रतिक्रिया दिनुहोस्