पोखरामा निलडाम हुने गरी विद्यार्थी कुट्ने गण्डकी एकेडेमीका शिक्षक निष्कासित

पोखरामा निलडाम हुने गरी विद्यार्थी कुट्ने गण्डकी एकेडेमीका शिक्षक निष्कासित
२०८१ फाल्गुण १२ गते सोमबार ०८:१४

पोखरामा निलडाम हुने गरी विद्यार्थी कुट्ने एक शिक्षक निष्कासनमा परेका छन् । पोखराको जरेवरमा रहेको गण्डकी एकेडेमी कास्कीका गणित शिक्षक विपिन कार्कीले विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने एक छात्रलाई शरीरमा निलडाम हुने गरी कुटपिट...

पोखरामा निलडाम हुने गरी विद्यार्थी कुट्ने एक शिक्षक निष्कासनमा परेका छन् ।

पोखराको जरेवरमा रहेको गण्डकी एकेडेमी कास्कीका गणित शिक्षक विपिन कार्कीले विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने एक छात्रलाई शरीरमा निलडाम हुने गरी कुटपिट गरेपछि बिद्यालयले कारबाही गरी उनलाई निष्कासन गरेको बताइन्छ ।

केही दिन अघि शिक्षक कार्कीले विद्यार्थी माथि कुटपिट गरे पछि पीडितका आफन्तले विद्यालयमा उजुरी गर्दै प्रहरी समक्ष उक्त घटना पुगे पछि प्रहरीकै समन्वयमा घटनाको विवाद हाल टुंगाइएको विद्यालयले जनाएको छ ।

विद्यार्थीले पिसाव फेर्न जान्छु भन्दै बाहिर जान खोजेपछि शिक्षक कार्कीले हातले विद्यार्थीको पछाडिको कम्मर माथिको भाग सहित पाखुरामा समेत मुक्का प्रहार गर्दा शरीरमा निलडाम भएको पीडित परिवारले जनाएको छ ।

विद्यार्थीलाई पोखराको एक अस्पतालमै उपचार गर्न लगिएको थियो भने शिक्षक कार्कीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । कुटपिट गर्ने शिक्षकलाई आवश्यक कार्वाही गर्दै निष्कासन र माफी मागे पछि छाडिएको छ ।

प्रकाशित मिति २०८१ फाल्गुण १२ गते सोमबार ०८:१४
प्रतिक्रिया दिनुहोस्