कोरियाबाट फर्किएका तिन युवाले संचालन गरे एक करोड लगानीमा ‘स्केटपार्क’

कोरियाबाट फर्किएका तिन युवाले संचालन गरे एक करोड लगानीमा ‘स्केटपार्क’
२०८१ फाल्गुण १२ गते सोमबार ०८:२३

कोरियाबाट फर्किएका ३ युवाले पोखरामा स्केटपार्क संचालन गरेका छन । रोजगारीको शिलशिलमा दक्षिण कोरिया पुगेका तीन जना युवा नेपाल फर्किएर पोखराको लेखनाथमा शनिबारदेखि स्केटपार्क संचालमा ल्याएका हुन । पर्वतको जलजला गाँउपलिकाका स्थाइ...

कोरियाबाट फर्किएका ३ युवाले पोखरामा स्केटपार्क संचालन गरेका छन । रोजगारीको शिलशिलमा दक्षिण कोरिया पुगेका तीन जना युवा नेपाल फर्किएर पोखराको लेखनाथमा शनिबारदेखि स्केटपार्क संचालमा ल्याएका हुन ।

पर्वतको जलजला गाँउपलिकाका स्थाइ घर भइ पोखरा बस्ने शिव जिसी र गोविन्द न्याैपाने त्यस्तै म्याग्दीको रघुगंगा गाँउपालिकाका सुधिर भण्डारीले पोखरा २६ अर्घाैबजार भिमसेन मन्दिर नजिकै करिब १ करोडको लगानीमा स्केट पार्क संचालनमा ल्याएका हुन । उनीहरुले पार्कसँगै खाजाघरपनि संचालन गरेका छन ।

शनिबार एक कार्यक्रमका बिच प्रमुख अतीथी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले रिवन काटेर स्केट पार्कको उद्घाटन गरेका थिए । घरमै मोबाइलमा झुन्डिरहने बालबालिकालाई घरबाहिर ल्याउन र देशमै केही गराैँ भन्ने अभिप्रायले तिन साथी मिलेर स्केटपार्कमा लगानी गरेको पार्कका संचालक तथा निर्माण ब्यवसायी शिव जिसीले बताए । धेरै ठाँउका स्केटपार्क साँघुरो भएकाले बालबालिका दुर्घटनामा परिरहेको देखेर ३ रोपनी जमिनमा फराकिलो स्केट पार्क बनाएको उनको भनाई छ ।

प्रकाशित मिति २०८१ फाल्गुण १२ गते सोमबार ०८:२३
प्रतिक्रिया दिनुहोस्