माछापुच्छ्रे माध्यमिक बिधालय माछापुच्छ्रे गा पा – २, भुर्जुङ्खोला कास्कीको ५७ औं बार्सिकोत्सबको अबसरमा यस विद्यालयका संस्थापक स्वर्गीय ढाकामोहन आचार्यका ठूलाकान्छा छोरा, उच्च अदालतका पूर्व न्यायाधिश, समाजसेवी, शिक्षाप्रेमी, गित रचनाकार आदरणीय विनोदमोहन आचार्य र उहाँको सपरिवारद्धारा रु. १,००,०००।– (अक्षरुपी एक लाख मात्र) को अक्षयकोषको स्थापना गर्नुभएको छ । उक्त अक्षयकोषको रकमको व्याजबाट वर्षेनि यस विद्यालयका कक्षा ९ र १० अध्ययन गर्ने १/१ जना छात्र वा छात्रालाई छात्रवृति वितरण गरिनेछ ।
अक्षयकोष दाता आदरणीय विनोद मोहन आचार्यले बिगतमा पनि बिद्यार्थी सहयोग समिती , सार्दिखोला मार्फत रु. १,००,०००।– एक लाख को अक्षयकोष स्थापना गरि माछापुच्छ्रे गा.पा. वडा नम्बर १, २ र ३ का कक्षा ११ मा अब्बल विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आउनुभएको छ।
सोही अवसरमा पुर्व अक्षयकोषदाता धनबहादुर गुरुङ्ग “गमा” ले पनि आफ्नो अक्षयकोषमा रु. २०,००० थप गर्नुभएको छ । साथै ७८ वर्षिय भुर्जुङ्गखोलाकी चेली दानशोभा गुरुङ्ग हाल दिप पोखराले पनि आफ्ना स्वर्गीय बाबा सत्तलसिंह गुरुङ्गको स्मृतिमा रु. ५५,००० को अक्षयकोष खोल्नुभएको छ ।
विद्यालयको ५७ औँ वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले अक्षयकोष दाताहरुको थप रकमले कमजोर आर्थिक पृष्ठभूमि भएका बालबालिकाहरुलाई पनि शैक्षिक सामाग्री तथा अन्य शैक्षिक आवश्यकता पुरा गर्दै विद्यालय शिक्षालाई निरन्तर दिन सहयोग पुर्याउने भन्दै अक्षयकोष दाता परिवारलाई धन्यवाद दिनुभएको थियो ।
बिधालय ब्यबस्थापन समितीका अध्यक्ष बम बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बिधालयका प्रधानाध्यापक सन्तोष आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने वडा अध्यक्ष गणेश आचार्य, माछापुच्छ्रे गा पा शिक्षा शाखाका बिष्णु प्रसाद अधिकारीले बिधालयलाई शुभकामना दिनुभएको थियो ।










