नेपाली काङ्ग्रेस सधैं शिक्षकहरुको साथमा छ : पुर्व प्रदेश सासद मल्ल
पवन मरासिनी ,पोखरा/ स्याङ्जाको पुतलीबजार नगरपालिका ३ निरबिरेमा रहेको श्री पुण्यशिला आधारभुत विद्यालयले ३५ औ वार्षिकोत्सब एवम् अभिभावक दिवस मनाएको छ । विद्यालयले स्थापनाको ३५ औ वर्ष पूरा गरेको अवसरमा वार्षिकोत्सब मनाएको हो । सोमबार वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका नि वर्तमान सासद भागवत प्रकाश मल्लले नेपाली काङ्ग्रेस सधैं शिक्षकहरुको साथमा रहेको बताएका छन् । उनले सरकारले ल्याएको शिक्षा विधेयकमा भएका त्रुटिहरु सच्याउदै अघि बढाउने कुरामा पाच दलका संसदिय दलका पाच नेताहरुलाई सकारात्मक बनाउनुपर्ने बताए । सोही क्रममा उनले शिक्षाको गुणस्तर वृद्धिका लागि पुण्य शिला आधारभूत विद्यालयले लिइरहेको शैक्षिक उन्नयनको बाटो सकारात्मक रहेको बताए । सो अवसरमा मल्लले आफू पुर्व प्रदेश सासद भएकाले आफ्नो तर्फबाट पुर्याउने सबै साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा विद्यालयका सस्थापक अध्यक्ष दीर्घनारायण शर्मा, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष श्रीराम उपाध्याय, पुर्व प्रधानाध्यापक लेखनाथ शर्मा, नेपाली काङ्ग्रेस पुतलीबजार नगरपालिका ३ का सभापति कमल कान्त उपाध्याय, नेकपा एमाले पुतलीबजार नगरपालिका ३ का अध्यक्ष शालिग्राम शर्मा, काजिमान हरिटिका मा वि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनुप श्रेष्ठ, त्रिभुवन आदर्श नमुना मा वि का प्रधानाध्यापक मुक्ती प्रसाद रेग्मी, सरस्वती मा वि का प्रधानाध्यापक कृष्ण बहादुर गोदार, वडा न १ का वडा सदस्य विष्णु कुमार श्रेष्ठ, बालहित आ वि का प्रधानाध्यापक केदार प्रसाद मरासिनी, शिशुनिकेतन अङ्ग्रेजी आवसिय मा वि वाड्खोलाका प्रधानाध्यापक मनोज मल्ल, अभिभावक विश्वराज मरासिनी, चन्द्र मरासिनी, विद्यार्थीहरु शिशिर मरासिनी, प्रमिशा मरासिनी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जग्गा दाता तथा सहयोग दाताहरुलाई सम्मान गरिएको थियो । सो क्रममा हिमलाल उपाध्याय, मोति प्रसाद मरासिनी, एकनारायण रेग्मी,सपना मरासिनी, नन्दकला क्षेत्री थापा लगायतलाई दोसल्ला सहित सम्मान गरिएको थियो । सो अवसरमा उत्कृष्ट छात्र शिशिर मरासिनी र छात्रा युनिका भुजेल साथै अतिरिक्त क्रियाकलापमा सक्रिय विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक ओम प्रकाश रेग्मीले शैक्षिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकनारायण मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका सयोजक दिपक चन्द्र गौतमले स्वागत, विद्यालयका जग्गादाता मोति प्रसाद मरासिनीले धन्यवाद ज्ञापन एवम कार्यक्रमको संचालन शिक्षक देवि लाल शर्माले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुको सास्कृतिक एवम् अभिनय र नाटक प्रस्तुतीले थप मनोरञ्जन प्रदान गरेको थियो । कक्षा १ देखि ८ सम्म पढाई हुने विद्यालयमा अहिले ८४ जना विद्यार्थी अध्ययनरत रहेका छन ।










