पोखरा फागुन २७/ पहिलो पाईला नेपाल पुतलीबजार स्याङ्जाले शैक्षिक सामग्री वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । पहिलो पाईला नेपाल केन्द्रिय कार्यसमिति सदस्य एवम् संस्थापक अध्यक्ष स्मृति काफ्लेको जन्मदिनको अवसर पारेर पहिलो पाईला स्याङ्जाले शैक्षिक सामग्री वितरण गरेको हो । मंगलबार पुतलीबजार नगरपालिका वडा नं ७ स्थित श्री शितला आधारभुत विद्यालय मसर्कामा अध्ययनरत विद्यार्थीहरुलाई पहिलो पाईला स्याङ्जाले कापी, कलम, ज्यामिति बक्स लगायतका शैक्षिक सामग्री वितरण गर्यो ।
कार्यक्रममा आँधिखोला गाउँपालिका वडा नं १ का वडा अध्यक्ष पवन काजी अधिकारीले सामाजिक कार्यमा पहिलो पाईला नेपाल स्याङ्जाको सक्रियता र क्रियाशिलता प्रशंसनिय रहेको बताए । कार्यक्रममा पहिलो पाईला नेपाल केन्द्रिय कार्यसमिति सदस्य स्मृति काफ्ले, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रश्मी गौतम, विद्यालयका शिक्षक सिर्जना थापा, संचारकर्मी विक्रम संवत्, पहिलो पाईला नेपाल स्याङ्जाका सदस्य निशान पौडेल लगायतले आआफ्ना धारणा राखेका थिए । पहिलो पाईला नेपाल स्याङ्जाका अध्यक्ष पवन मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह सचिव स्विकृती पोखरेलले गरेकि थिइन ।










