मालपोत कार्यालय तनहुँबाट सेवाग्रहीसंग ५० हजार घुससहित दुई जना लेखापढी ब्यबसायी समातिएका छन्। प्रमाेद खनाल र लिलामणी न्यौपानेलाइ सेवाग्रहीसंग ६५ हजार लिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले जग्गा अंशबन्डा गराइदिने भन्दै तनहुँको भिमाद – ६ बस्ने गोपाल,रिम र चन्द्र कुमाल गरी तीन दाजुभाइसंग ६५ हजार घुस लिएको आरोप लगाइएको छ।
उक्त घुस लिएको कुरा पत्रकारले रगेहात समाएपछि पारिश्रमिक बापत रु १५ हजार लिएर रू ५० हजार फिर्ता गरेका थिए ।
प्रकाशित मिति २०८१ फाल्गुण २९ गते बिहिबार ०९:३१