तरुणहरु एकताबद्ध हुन आवश्यक : सासद थापा

तरुणहरु एकताबद्ध हुन आवश्यक : सासद थापा
२०८१ चैत ७ गते शुक्रबार ०७:५३

पोखरा चैत ८ / नेपाली काँग्रेस स्याङ्जाले नेपाल तरुण दलको आसन्न जिल्ला अधिवेसनको सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस स्याङ्जाको कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा...

पोखरा चैत ८ / नेपाली काँग्रेस स्याङ्जाले नेपाल तरुण दलको आसन्न जिल्ला अधिवेसनको सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस स्याङ्जाको कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य राजु थापाले नेपाली काँग्रसको मेरुदण्डका रुपमा रहेको नेपाल तरुण दल दोस्रो नेपाली काँग्रेस भएकाले सम्पुर्ण तरुणहरुलाई एकताबद्ध भई अघि बढ्न आह्वान गरे । नेपाली काँग्रेस स्याङ्जाका सभापति समेत रहेका थापाले पछिल्लो समय गणतन्त्र विरोधि शक्तिहरु सक्रिय रहेकाले नेपाली जनताको ठुलो त्याग, तपस्या र बलिदानीबाट संस्थागत भएको व्यवस्था जोगाउनका लागी सबै एकजुट भएर समृद्धिको बाटोमा लाग्नुको विकल्प नभएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस स्याङ्जाका सचिव गुरुप्रसाद भट्टराई, कोषाध्यक्ष जनक काफ्ले, प्रवक्ता भरत लम्साल, क्षेत्रिय सभापति तुलसीराम रेग्मी, पालिका सभापतिहरु पुतलीबजार नगर सभापति सुरज कुमार अधिकारी, चापाकोट नगर सभापति बिक्रम सारु, वालिङ् नगर सभापति नेत्र प्रसाद पाण्डे, गल्याङ् नगर सभापति श्याम प्रसाद बस्याल, भिरकोट नगर सभापति याम प्रसाद अधिकारी, हरिनास गाउँपालिकाका सभापति टोपा भुजेल, आँधिखोला सभापति नरेन्द्रराज भुजेल, अर्जुनचौपारी सभापति विष्णुप्रसाद काफ्ले, फेदिखोला सभापति महेन्द्र थापा, नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष भागवत् प्रकाश मल्ल, नेपाल तरुण दल स्याङ्जाका उपाध्यक्ष रविन के सी, नेपाली काँग्रेस पुतलीबजार नगर सचिव महादेव श्रेष्ठ लगायतले नेपाल तरुण दल स्याङ्जाको जिल्ला अधिवेशन सफल बनाउने सम्बन्धमा आआफ्ना धारणाहरु राखेका थिए । नेपाली काँग्रेस स्याङ्जाका सभापति राजु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस स्याङ्जाका कार्यबहाक अध्यक्ष केदार काफ्लेले स्वागत एवम् कार्यक्रम सञ्चालन सचिव दामोदर लम्सालले गरेका थिए ।

प्रकाशित मिति २०८१ चैत ७ गते शुक्रबार ०७:५३
प्रतिक्रिया दिनुहोस्