बागलुङमा आगलागी हुँदा तीन लाख बढीको क्षति भएको छ । जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङमा शनिबार एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको हो ।
तित्याङको बुकेनीका स्थानीय मन बहादुर थापाको घरमा ग्यास लिग भएर आगलागी भएको वडा अध्यक्ष गणेश थापाले जानकारी दिए । भान्छाकोठामा भएको आगलागीबाट तीन लाख बढीको क्षति भएको अध्यक्ष थापाले बताए । आगलागीबाट भान्सा कोठा र त्यहाँका सम्पूर्ण
सामाग्री पुर्ण रुपमा नष्ट भएका छन् । आगलागी नियन्त्रणका क्रममा सोही परिवारका सदस्य नवीन थापाको हातमा गहिरो चोट लागेको थापाले बताए । आगलागी भएको केही बेरपछि मात्रै विपद व्यवस्थापन गुल्म बागलुङले नियन्त्रणमा लिएको बताइएको छ ।
प्रकाशित मिति २०७८ असार ५ गते शनिवार ०३:०६