पोखरा बैशाख २०/सामाजिक र साहित्यिक क्षेत्रमा निरन्तर सक्रिय स्याङ्जा पुतलीबजार ३ निवासी सुवास मल्लको जन्म वि स २०४६ सालमा लमजुङ्को बेसिशहरमा बाबु भरतबहादुर मल्ल र आमा धनमाया मल्लको कोखबाट भएको थियो । स्याङ्जा जिल्लाबाट विद्यालय शिक्षा शुरु गरेका मल्लले रोशनी माध्यमिक विद्यालयबाट एसएलसी, पोखरा विश्वविद्यालयबाट स्नातकोत्तर सम्मको अध्ययन पुरा गरिसकेका छन् भने हाल पिएचडी अध्ययनरत रहेका छन् ।
विद्यालय तहदेखि नै साहित्य प्रति गहिरो रुचि भएका मल्लले ६ कक्षामा अध्ययनरत हुँदा “बाल चेतना“ बालपत्रिका प्रकाशन गरेका थिए । हालसम्म २ वटा पुस्तक र ८ वटा अनुसन्धान आलेख प्रकाशित गरिसकेका मल्ल विभिन्न राष्ट्रिय स्तरका आधा दर्जन पुरस्कारहरुबाट सम्मानित भईसकेका छन् । पोखरा विश्वविद्यालय साहित्य समाजको संस्थापक अध्यक्ष समेत रहेका मल्ल सामाजिक क्षेत्रमा समेत सक्रिय रहदै आएका छन् ।
उनि सुर्योदय क्लव, रोटरी क्लव, स्काउट, पोखरा विश्वविद्यालय पुर्व विद्यार्थी मञ्च लगायत सस्थामा विभिन्न भुमिका र ओहदामा रहेर सक्रिय भुमिका निर्वाह गरेका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघको ७ घटक मध्ये साहित्यतर्फको घटक राष्ट्रिय जनसाहित्यिक संघ, कास्कीको अध्यक्षबाट वि स २०६८ मा महासंघको यात्रा शुरु गरेका मल्ल राष्ट्रिय जनसाहित्यिक संघ केन्द्रीय सदस्य, गण्डकी अञ्चल सचिव, गण्डकी प्रदेश अध्यक्ष, केन्द्रीय सदस्य भएर काम गरिसकेका सुबास हालसालैराष्ट्रिय जनसांस्कृतिक महासंघको केन्द्रीय सचिव विदेश विभाग प्रमुखमा निर्वाचित भएका छन ।










