सर्वदलीय सरकार बनाऔं : मुख्यमन्त्री गुरुङ

सर्वदलीय सरकार बनाऔं : मुख्यमन्त्री गुरुङ
२०७८ असार ८ गते मङ्गलबार ०२:४०

पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेसले सहमति जनाए अझैपनि गण्डकीमा सर्वदलीय सरकार बनाउन आफू तयार भएको बताउनुभएको छ । यो सरकारको गति अगाडि नबढेको देखेपछि गुरुङले काँग्रेसले चाहने हो भने गण्डकीमा सर्वसम्मत सर्वपक्षिय...

पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेसले सहमति जनाए अझैपनि गण्डकीमा सर्वदलीय सरकार बनाउन आफू तयार भएको बताउनुभएको छ । यो सरकारको गति अगाडि नबढेको देखेपछि गुरुङले काँग्रेसले चाहने हो भने गण्डकीमा सर्वसम्मत सर्वपक्षिय सरकार गठन गर्न अपाmूहरु तयार रहेको बताउनुभएको हशो ।

यद्यपि, गुरुङले आफ्नो अन्तिम चाहना र पहिलो प्राथमिकता चाहिँ बामपन्थी सरकार नै भएको बताउनुभयो । ‘सकिन्छ सर्वदलीय सरकार बनाउने, कांग्रेस पनि तयार हुनुपर्छ । मिलेर सरकार चलाऔं एमाले तयार नै रहेको उहाँले बताउनुभयो ।

गुरुङले संघीयता अहिलेको संरचनागत हिसाबले मूल मर्म नै प्रदेश सरकार हौं । संघीयतालाई बचाउने नै प्रदेश सरकार हो । संघीय नेपालको संघीयता सहकार्य, समन्वय, सदाचारितामा आधारित संघीयता हो । यसको आधारमा संघ सरकार, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय हुन जरुरी रहेको बताउनुभएको छ । त्यसका लागि सबै राजनैतिक दलहरुको एकमत ह्ुन आवश्यक रहेकोमा आफ्नो पनि सही मत रहने बताउनुभएको छ ।

प्रकाशित मिति २०७८ असार ८ गते मङ्गलबार ०२:४०
प्रतिक्रिया दिनुहोस्