स्याङजा असार २/ पुतलीबजार नगरपालिका १४ मा रहेको रजस्थल माध्यमिक विद्यालयमा प्राथमिक उपचार, स्वास्थ्य सम्बन्धी अभिमुखिकरण एवम् प्राथमिक उपचारका सामग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । खुमा अर्याल फाउन्डेसन, रोटरी क्लब अफ नक्साल शक्ति र रोट्रयाक्ट क्लब अफ नक्सालको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगर शिक्षा अधिकारी बाबुराम बरालले प्राथमिक उपचार हेर्दा सामान्य लागेपनि यसलाई मनन गर्न सक्ने हो भने साच्चिकै कयौं मानिसको ज्यान जोगाउन सकिने बताए । कार्यक्रममा खुमा अर्याल फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्मा, रोटरी क्लब अफ नक्सालका संस्थापक डाक्टर लुना अर्याल, अभियान सुचना केन्द्र स्याङजाका अध्यक्ष बन्दना लम्साल, रोट्रयाक्ट क्लब अफ नक्सालका सदस्य ईञ्जीनियर हिमांशु अर्याल लगायतले शुभकामना मन्तव्य राख्दै प्राथमिक उपचारका कारण स्वास्थ्यमा अनुकुलता आउने बताएका थिए ।
रजस्थल मा वि का सहायक प्रधानाध्यापक ईन्द्रमणी ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक गणेश ढकालले स्वागत एवम् कार्यक्रमको सञ्चालन शिक्षक राजेन्द्र गोदारले गरेका थिए । कार्यक्रममा गण्डकी मेडिकल कलेजका बरिष्ठ डाक्टर तरुण पौडेलले प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिएको फाउन्डेसनका अध्यक्ष शर्माले जानकारी दिए ।










