स्याङ्जा असार २३ / स्याङ्जाको पुतलीबजार १० मा महिलाहरूको आयआर्जन वृद्धि गर्ने उदेश्यले बङ्गुरका पाठा पाठी वितरण गरिएको छ । पुतलीबजार नगरपालिका १० मा रहेको राङखोला सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा पुतलीबजार नगरपालिकाको सहयोगमा बंगुर पालनमा संलग्न भइ आएका तथा सो पेशामा संलग्न हुन चाहने महिलाहरूलाई लक्षित गरेर आय आर्जन वृद्धि गरि उनीहरूको जीवनस्तर सुधार गर्ने उदेश्यले बङ्गुरका पाठा पाठी वितरण गरिएको हो । बरजाका २८ घर परिवारका महिलाहरूलाई १(१ वटाका दरले पाठारपाठी वितरण गरिएको सिकाइ केन्द्रका सचिव सुरज कुमार अधिकारीले जानकारी दिए ।
महिलाहरुलाई बंगुरका पाठा पाठि वितरण गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले कुनै पनि चिज एक पटक लिएर मात्र नहुने भन्दै व्यावसायिक बनि आय आर्जन गर्नुपर्ने बताए । उनले भने यी कार्यक्रमको सार्थकता तब मात्रै पुष्टि हुन्छ जब लक्ष्यित समुहले प्रतिफल आउने गरि व्यवसायीक रुपमा पशुपालन गर्न सुरु गर्दछन । कार्यक्रममा नगर उप प्रमुख देवी अर्याल, पुतलीबजार शिक्षा शाखा प्रमुख बाबुराम बराल, नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरूङ, पूर्व वडा अध्यक्ष दुर्गा बहादुर शाह लगायतले यो कार्यक्रमले वास्तविक कृषि पेशामा संलग्न महिलाहरूलाई आत्मनिर्भर बनाउन निकै ठुलो सहयोग पुग्ने अपेक्षा राखेको भनाइ राखेका थिए । सो कार्यक्रममा नेपाली काङ्ग्रेस पुतलीबजार नगरपालिका वडा न ३ का सभापति कमल कान्त उपाध्याय र सचिव मोती प्रसाद मरासिनीको समन्वय रहेको समेत सचिव मरासिनीले जानकारी दिए ।
सिकाइ केन्द्रका अध्यक्ष भिमसेन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिकाइ केन्द्रकी सदस्य केशकुमारी थापाले स्वागत, वडा अध्यक्ष अग्निप्रसाद पौडेलले धन्यवाद ज्ञापन एवम कार्यक्रमको संचालन केन्द्रका सचिव सुरजकुमार अधिकारीले गरेका थिए । कार्यक्रममा स्थानियहरुको उल्लेख्य सहभागिता रहेको थियो ।










