प्रवक्ता लम्सालले गरे राष्ट्रिय राजनीतिक नेतृत्वकर्तामाथी प्रश्न, गणतन्त्रको स्वामित्व देखि संघीयता, निर्वाचन प्रणाली र धर्म निरपेक्षताको पुनर्विचार सम्म

प्रवक्ता लम्सालले गरे राष्ट्रिय राजनीतिक नेतृत्वकर्तामाथी प्रश्न, गणतन्त्रको स्वामित्व देखि संघीयता, निर्वाचन प्रणाली र धर्म निरपेक्षताको पुनर्विचार सम्म
२०८२ साउन २६ गते आईतबार १०:०६

पवन मरासिनी/स्याङ्जाका ,असार २५ / काङ्ग्रेस स्याङ्जाका प्रवक्ता भरत प्रसाद लम्सालले स्वर्गीय नेताहरुलाइ सम्झेर मात्रै नहुने, उनिहरुको व्यक्तित्वबाट अनुशरण गर्नुपर्ने र सिक्नुपर्ने कुराहरु सिक्नुपर्ने बताएका छन । श्रावण २० मा...

पवन मरासिनी/स्याङ्जाका ,असार २५ / काङ्ग्रेस स्याङ्जाका प्रवक्ता भरत प्रसाद लम्सालले स्वर्गीय नेताहरुलाइ सम्झेर मात्रै नहुने, उनिहरुको व्यक्तित्वबाट अनुशरण गर्नुपर्ने र सिक्नुपर्ने कुराहरु सिक्नुपर्ने बताएका छन । श्रावण २० मा स्याङ्जाको भिरकोट २ मा स्वर्गीय कमल प्रसाद पङ्गेनीको सातौ स्मृती सभा तथा स्वर्गीय कमल प्रसाद पङ्गेनी स्मृती प्रतिष्ठानको प्रथम अधिवेशनका अवसरमा बोल्ने क्रममा प्रवक्ता लम्सालले यस्तो बताएका हुन ।

स्याङ्जा काङ्ग्रेसका पुर्व सभापती एवम् सविधान सभा सदस्य समेत रहेका स्वर्गीय नेता पङ्गेनीले आफ्नो छोराको नाम विप्लव र छोरिको नाम क्रान्ती राख्नुबाटै उनिभित्र के थियो भन्ने कुरा बुझ्न सकिने लम्सालले बताए । अर्को प्रसङ्गमा प्रवक्ता लम्सालले नेपाली काङ्ग्रेसले अर्काको एजेन्डा बोक्न नहुने बताएका छन । उनले सविधान सभाको एजेन्डा र गणतन्त्र नेपालको एजेन्डा नेपाली काङ्ग्रेसको भए तापनी त्यसको स्वामित्व नेपाली काङ्ग्रेसको काधमा नआएको जिकिर गरे ।

राष्ट्रिय राजनितिको प्रसङ्ग कोट्याउदै प्रवक्ता लम्सालले वर्तमान परिस्थितिमा धार्मिक स्वतन्त्रता, सनातन हिन्दु राष्ट्र लगायतका मुद्दाहरु पेचिलो बन्दै गएकाले त्यो मुद्दा पार्टी भित्र उठाउन आवश्यक छ कि छैन भन्दै केन्द्रीय नेताहरुको ध्यानाकर्षण गराएका थिए । संघीयता अधिकार सम्पन्न हुनुपर्ने बताउदै प्रवक्ता लम्सालले अस्थिरता जन्माउने र अधिकार बिहिन बनाइने हो भने संघीयताको विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखे ।

अहिलेको चालीस प्रतिशत समानुपातिक सवैधानिक प्रावधानले बहुमत आउन नदिने भन्दै उनले कुनै एक दलले बहुमत ल्याउन मिल्ने संविधान कहिले बनाउने भन्दै राष्ट्रिय राष्ट्रिय राजनीतिक नेतृत्वप्रती जोडदार प्रश्न गरेका थिए । सोही क्रममा उनले भने भ्रष्टाचार मुक्त देश बनाउने भन्ने विषय नारामा मात्रै सिमित छ, यसको नेतृत्व कसले गर्छ डा साब । देश विकासको मेरुदण्ड कृषि, पर्यटन र जलस्रोत हुन भन्दै लम्सालले यी नेपाली काङ्ग्रेसका मुख्य एजेन्डा हुनुपर्ने बताए ।

कुनै समय गणतन्त्रको नारा लिएर हिड्दै गर्दा गगन थापा र नरहरि आचार्य लगायतका नेताहरुमाथी कारबाही भएको र अहिले त्यही एजेन्डा स्थापित भएको स्मरण गराउदै आवश्यकता अनुसार पार्टीले लिने एजेन्डाहरुमा पुनर्विचार गर्नु नै पर्ने उनको जोड थियो ।

नेपाली काङ्ग्रेसले सबैको पहिचान र मुल्यांकन गर्न सके मात्रै सबैको अस्तित्व र अपनत्व महसुस हुने उनले बताए । सो समारोहलाई सम्बोधन गर्न नेपाली काङ्ग्रेसका वरिष्ठ नेता, केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य डा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, केन्द्रीय सह महामन्त्री भिष्मराज आङदाम्बे, केन्द्रीय सदस्य टेक गुरुङ, सरस्वती तिवारी, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापती मेखलाल श्रेष्ठ लगायतका नेताहरु स्याङ्जाको भिरकोट आएका थिए । सो समारोह नेपाली काङ्ग्रेस स्याङ्जाका सभापती राजु थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति २०८२ साउन २६ गते आईतबार १०:०६
प्रतिक्रिया दिनुहोस्