पोखरा माघ ३/ हार्ट माइन्ड कन्सल्टेन्सी पोखराले सञ्चालन गरेको ६ महिने मनोसामाजिक, मनोविमर्शको तालिम १६ जनाले पुरा गरेका छन् । तालिम अन्र्तगत दोश्रो र तेश्रो व्याजका गरेर १६ जनाले मनोविमर्शको तालिम पुरा गरेका हुन् । तालिम ६ महिना अर्थात ७ सय८० घण्टा पुरा भए पछि शनिवार एक कार्यक्रमको आयोजना गरि संस्थाले प्रमाणपत्र बितरण र अनुभव आदान प्रदान गरि तालिम लिएकाहरुलाई बिदाई गरेको हो ।
तालिममा सहभागिहुन दाङ , चितवन, पोखरा, स्याङजा लगाएतका जिल्लाबाट उनिहरु पोखरा आएका हुन् भने, सहभागिहुनेहरु प्राय सरकारी शिक्षक, नर्स, गैह्रसरकारी संस्थामा कार्यरत व्यक्तिहरु रहेको कन्सल्टेन्सीका निर्देशक सुदिप घिमिरेले बताए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक विनोद बिन्दु शर्माले तालिम पश्चात सिकेका कुराहरुलाई ब्यवाहारमा लागु गर्न र समाजमा प्रयोग गर्न आग्रह गरे। उनले प्रदेश तालिम केन्द्रले समेत मनोविर्शको तालिम प्रदान गर्दै आइरहेको बताउदै हार्ट माइन्ड कन्सल्टेन्सीले सञ्चालन गर्ने तालिम बहुउपयोगि भएको उल्लेख गरे ।
प्रादेशिक तालिम केन्द्र गण्डकीका जनस्वास्थ्य अधिकृत लालप्रसाद शर्माले मनोविमर्शको तालिम समाजका हरेक क्षेत्रमा आवश्यक रहेको बताए ।
कन्सल्टेन्सीका निर्देशक घिमिरेले गण्डकी प्रदेशमानै पहिलो पटक मनोसामाजिक मनोविमर्शको तालिम सिटिइभिटिबाट सम्बन्ध प्राप्त गरि सञ्चालन गरेको बताए । उनले सुरुवातको चरण निकै चुनौतिपूर्ण रहेको बताउदै स्थानिय तह र प्रदेश सरकार सगँ सहकार्य गरेर आगाडि बढदै जाने उल्लेख गरे । साथै उनले संस्थाको आगामि योजनाको बारेमा जानकारी गराएका थिए । सहभागिको तर्फबाट सरस्वती भण्डारी र मुना विकले तालिम पश्चात मनोसामाजिक स्वास्थयको क्षेत्रमा परवै गर्न सक्ने भएको बताए भने ६को महिना अवधिभरिको आफ्नो अनुभव पनि शेयर गरेक थिए ।कार्यक्रममा प्रादेशिक स्वास्थय तालिम केन्द्रका सुचना प्राबिधिक साहायक रविन्द्र लामिछाने रेडियो अन्नपूर्णका सञ्चारकर्मी सबिन रेग्मी लगाएको सहभागिता रहेको थियो ।
सहभागिहरु प्रमाणपत्र ग्रहण गर्दै फोटो फिचर















