गेफ सेकेन्डरी इङलिस स्कुलमा पुरस्कार वितरण

गेफ सेकेन्डरी इङलिस स्कुलमा  पुरस्कार वितरण
२०८२ माघ २९ गते बुधबार ११:२५

पोखरा, माघ २८/ पोखरा ९ नयँबजारमा रहेको गेफ सेकेन्डरी इङलिस स्कुलमा बुधवार विविध कार्यक्रमसहित पुरस्कार वितरण गरिएको छ । शैक्षिक वर्ष २०८२ मा उत्कृष्ट भएका विद्यार्थी र विभिन्न क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको...

पोखरा, माघ २८/ पोखरा ९ नयँबजारमा रहेको गेफ सेकेन्डरी इङलिस स्कुलमा बुधवार विविध कार्यक्रमसहित पुरस्कार वितरण गरिएको छ । शैक्षिक वर्ष २०८२ मा उत्कृष्ट भएका विद्यार्थी र विभिन्न क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो।स्कुलले बालबालिकाको पढाइ, सिकाइसँगै बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान गर्ने उद्देश्य लिएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित शिक्षा मन्त्रालयका उपसचिव हेमनारायण चापागाईंले विद्यालयले शैक्षिक गुणस्तरका साथै अतिरिक्त क्रियाकलापमा देखाएको सक्रियताको प्रशंसा गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै चापागाईंले विद्यार्थीको समग्र विकासका लागि पाठ्यपुस्तक मात्र पर्याप्त नहुने उल्लेख गर्दै सिर्जनशीलता, अनुशासन र नैतिक शिक्षालाई समान महत्व दिनुपर्ने बताए। “विद्यालय भनेको केवल परीक्षा पास गर्ने थलो मात्र होइन, असल नागरिक उत्पादन गर्ने केन्द्र पनि हो,” उनले भने।
उनले पुरस्कार प्राप्त गर्ने विद्यार्थीलाई बधाई दिँदै यसलाई अझै उत्कृष्ट बन्ने प्रेरणाका रूपमा लिन आग्रह गरे। साथै अन्य विद्यार्थीलाई पनि निरन्तर मेहनत र प्रतिस्पर्धात्मक भावनासहित अघि बढ्न सुझाव दिए।
बिद्यालयका प्रिन्सिपल कुमार रेग्मीले विद्यालयका प्रिन्सिपल कुमार रेग्मीले अनुशासन, गुणस्तरीय शिक्षा र समग्र व्यक्तित्व विकासलाई विद्यालयको प्रमुख प्राथमिकता रहेको बताएका छन्।
कार्यक्रममा बोल्दै प्रिन्सिपल रेग्मीले विद्यार्थीहरूको शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा देखिएको सक्रिय सहभागिताले विद्यालय परिवारलाई गौरवान्वित बनाएको उल्लेख गरे। उनले पुरस्कारले विद्यार्थीहरूलाई थप जिम्मेवार, आत्मविश्वासी र लक्ष्यप्रति प्रतिबद्ध बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरे।

“शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुँदैन, यसले चरित्र निर्माण र जीवन उपयोगी सीप विकासमा पनि समान ध्यान दिनुपर्छ,” उनले भने, “हामीले विद्यार्थीलाई प्रतिस्पर्धी मात्र होइन, जिम्मेवार र नैतिक नागरिकका रूपमा तयार पार्ने लक्ष्य लिएका छौं।”
पिएन क्याम्पसका पूर्व प्रध्यापक डाक्टर ज्ञान बहादुुर कार्कीले गुणस्तरीय शिक्षा नै राष्ट्र निर्माणको मुख्य आधार भएको बताएका छन्।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै डा. कार्कीले विद्यालय तहदेखि नै विद्यार्थीमा अनुसन्धानमुखी सोच, अनुशासन र नैतिक मूल्यको विकास गरिनुपर्नेमा जोड दिए। उनले पुरस्कार वितरण कार्यक्रमले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना मात्र होइन, आत्मविश्वास र जिम्मेवारीबोध पनि वृद्धि गर्ने बताए।
“आज पुरस्कृत हुने विद्यार्थीहरू भोलिका दिनमा समाज र राष्ट्रका नेतृत्वदायी शक्ति बन्न सक्छन्,” उनले भने, “त्यसका लागि विद्यालयले ज्ञानसँगै संस्कार र सीप विकासमा पनि उत्तिकै ध्यान दिनुपर्छ।”
डा. कार्कीले शिक्षकको भूमिकालाई समाज परिवर्तनको अग्रपंक्तिमा रहेको उल्लेख गर्दै अभिभावक, शिक्षक र विद्यार्थीबीच सुदृढ सहकार्य आवश्यक रहेको धारणा राखे। उनले विद्यालयले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा दिएको प्राथमिकताको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा फाउन्डर बिमला पौडेल,समाजशेवी शान्ती कार्की,समाजसेवी दिनेश तुलाचन, साहित्यार विश्वबन्धु रेग्मी ,बिद्यार्थी दिपक गुप्ता,अभिभावक लगाएतले बोलो थिए । कार्यक्रममा बिद्यार्थीहरुले संस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका। बिद्यालयले हरेक बर्ष यो कार्यक्रम गर्दै आइरहेको छ।


प्रकाशित मिति २०८२ माघ २९ गते बुधबार ११:२५
प्रतिक्रिया दिनुहोस्