पोखरा, बैशाख १४/ पोखरा १३ मा रहेको अन्नपूर्ण टोल विकास संस्थामा सुविदार पूर्णबहादुर गुरुङ दोहोरिएका छन् । संस्थाको सोमावार भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले गुरुङलाई दोस्रो पटक सर्बसम्मत चयन गरेको संस्थाका कार्यसमिति सदश्य कृष्ण सुवेदीले बताए । त्यसैगरी उपाध्यक्षमा बाबुराम सापकोटा, सचिवमा सन्तोष गुरुङ र सह–सचिवमा रिना गुरुङ चयन भएका छन्। कोषाध्यक्षमा योग बहादुर गुरुङ चयन भएको सदश्य सुवेदीले जनाए । यसैगरी सदस्यहरूमा ववर जङ गुरुङ, कल्पना गुरुङ, उषा गुरुङ, सत्यदेवी खड्का गंगा बहादुर तामाङ, कष्ण सुवेदी, नानि बाबु श्रेष्ठ, सु.सुमन नारायण सिंह मश्के, डम्वर बहादुर तामाङ, उमा गुरुङ, राजेन्द्र गुरुङ, दान बहादुर गुरुङ र हितमान गुरुङ चयन भएका हुन् ।
कार्यक्रममा बोल्दै नवनिवार्चित अध्यक्ष गुरुङले आगामी दिनमा संस्थाको लागि अझ सक्रिय र प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताए । यस अघि कार्यक्रमको उद्घाटन गदै पोखरा १३ का वडा सदश्य बलबहादुर बरालले अन्नपूर्ण टोल विकास संस्थाले गरेका कामको प्रशंसा गरे उनले टोल विकास संस्थाले स्थानीय स्तरमा सरसफाइ, पूर्वाधार विकास, सामाजिक एकता र जनसहभागिता बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । २०६२ सालमा स्थापना भएको संस्थाले टोलमा समाजिक उत्रदायित्तव अन्तरर्गत रहेर काम गरिरहेको छ ।











