पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु

पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु
२०७८ असार १९ गते शनिवार ०१:१५

गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो । उनीहरु श्रीमान श्रीमती हुन् । इलाका प्रहरी...

गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो । उनीहरु श्रीमान श्रीमती हुन् ।

इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेका छन् । गाउँपालिका अध्यक्ष राजु गुरुङले आज बिहान १० बजेतिर शव बाहिर निकालिएको जानकारी दिए ।

प्रकाशित मिति २०७८ असार १९ गते शनिवार ०१:१५
प्रतिक्रिया दिनुहोस्