मुस्ताङमा कच्ची काठेपुल भाँचिएर मालबहाक ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग १ ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा रहेको कच्ची काठेपुल भत्किँदा दुर्घटना भएको हो ।
ट्रकमा सवार ७ मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छभने ४ जना घाईते भएका छन् । मृत्यु हुनेमा रामेछाप जिल्ला गोकुल गंगा गाउँपालिका वडा नं. का अन्दाजी ३८ बर्षिय मजदुर चित्रबहादुर श्रेष्ठ र उनको श्रीमती अन्दाजी २६ बर्षिया मोनिका श्रेष्ठ रहेको जिल्ला ट्राफिक कार्यालय मुस्ताङका प्रहरी सहायक निरीक्षक जितबहादुर केसीले बताउनुभयो ।
नवलपरासी जिल्ला बिनय त्रिवेणी गाउँपालिका वडा नं. ३ बस्ने ट्रक चालक बर्ष ३६ का शिवराम ठाडा मगरको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा बागलुङको ढोरपाटन नगरपालिका वडा नं ५ का २२ वर्षिय सुनिल घर्ती मगर, २५ बर्षिय लुद्र बहादुर कामी रहनुभएको छ । उहाँहरु मजदुरीका लागि मुस्ताङ पुग्नुभएको थियो ।
दुर्घटनाका घाइते पर्वतको जलजला गाउँपालिका वडा नं. ४ का १८ वर्षिय सहचालक दिनेश दर्जी र ओखलढुंगा जिल्ला सिन्चीदोम्बा गाउँपालिकाका अन्दाजी २९ बर्षिय दावा शेर्पाको जोमसोम जिल्ला अस्पताल मुस्ताङमा उपचार भैरहेको छ ।
घाईतेहरुको अवस्था सामान्य रहेको र जिर्ण काठको कच्ची पुलले ट्रकको भार थाम्न नसक्दा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।










