आन्तरिक राजश्व कार्यालय बागलुङ मातहतका चार जिल्लामा करोडौंको राजश्व छली

आन्तरिक राजश्व कार्यालय बागलुङ मातहतका चार जिल्लामा करोडौंको राजश्व छली
२०७८ साउन १० गते आईतबार ०७:४५

साविकको धौलागिरि अञ्चलका ४ जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई हेर्नेगरि जिल्ला सदरमुकाम बागलुङमा आन्तरिक राजश्व कार्यालय स्थापना भएको छ । गत आर्थिक वर्ष २०७८-०७९ मा यहाँका विभिन्न उद्योगी व्यवसायीले करोडौंको राजश्व...

यस आर्थिक वर्षमा १ अर्व ३५ करोड बढी राजश्व संकलन

साविकको धौलागिरि अञ्चलका ४ जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई हेर्नेगरि जिल्ला सदरमुकाम बागलुङमा आन्तरिक राजश्व कार्यालय स्थापना भएको छ । गत आर्थिक वर्ष २०७८-०७९ मा यहाँका विभिन्न उद्योगी व्यवसायीले करोडौंको राजश्व छली गरेको राजश्व कार्यालयले अनुसन्धानमा फेला पारेको जनाएको छ ।

आन्तरिक राजश्व कार्यालय बागलुङले आफ्नो मातहतमा रहेका करदाताको छानविन, परीक्षण र अनुसन्धानका क्रममा विभिन्न बाहनामा राजश्व छली गरेको पाइएको जानाकारी दिएको छ । विभिन्न उद्योग तथा व्यवसायीहरुले करको दायरामा आएपछि कर भुत्तानीको विधिमा आउँदा बस्तु खरिद विक्रिको अनुपात मिलाएका छैनन् । त्यस्ता व्यवसायी तथा उद्योगहरुको विवरण हेर्दा करछली भएको देखिएको हो ।

आन्तरिक राजश्व कार्यालयमा कर बुझाउने १७ हजार करदाता मध्ये केही शंकास्पद व्यवसाय, उद्योग तथा र्फमको अनुगमनमा करोडौंको कर छलीगरेको प्रमाण फेला परेको आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत जनकराज शर्माले बताउनुभयो । आन्तरिक राजश्व कार्यालय बागलुङ मार्फत गत आर्थिक वर्षमा ठूलो मात्रामा राजश्व छली हुन थालेको रकम र वर्षेदेखि राजश्व तिर्न बाँकी रहेको करिव २१ करोड ५४ लाख बक्यौता राजश्व संकलन गर्न सफल भएको प्रमुख कर अधिकृत शर्माले जानाकारी दिनुभएको छ ।

राजश्व कार्यालयको नियमित काम अन्तर्गत आर्थिक वर्षको मध्य तिर ६३ जना करदाताको छानविन, परीक्षण र अनुसन्धान, १ सय २ वटा करदाताको दु्रत छानविन र १ सय ८२ वटा करदाताको अनुगमनमा करिव ६ करोड राजश्वमा बृद्धि भएको आन्तरिक राजश्व कार्यालयका प्रमुख शर्माले जानाकारी दिनुभएको छ । आन्तरिक राजश्वक कार्यालयले गत आर्थिक वर्षमा कुल ६३ जना करदाताको छानविन, परीक्षण र अनुसन्धान गरि आयकर तर्फ दुई करोड ७६ लाख ५४ हजार र मूल्य अभिवृद्धि कर तर्फ रु.दुई करोड ५८ लाख ५१ हजार गरी ५ करोड ३५ लाख ५ हजार थप कर उठाइएर राजश्व छली हुनबाट जोगाएको हो ।

कर कार्यालयकले सुरु गरेको करदाताको दु्रत छानविन र वक्यौता रहेको जरिवाना संकलन मार्फत कुल ४१ लाख ९ हजार रुपैयाँ संकलन भएको जनाएको छ । कार्यालयमा दरबन्दी अनुसारका कर अधिकृत भएमा अझै राजश्व चुहावट भएको क्षेत्रमा अनुगमन गर्न सकिने कार्यालय प्रमुख शर्मा बताउनुभयो ।

समयमा कर तीर्न नमान्ने करदाताकालागि बैंकको व्याजभन्दा अधिक रकम दाखिला गर्नुपर्ने हुन्छ । तरपनि कर तीर्न आनाकानी गरेको बागलुङको एक उद्योगले जरिवाना सहित तीन करोड राजश्व एकमुष्ठ तिरेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । कार्यालयले गत आर्थिक वर्षमा कर बक्यौता असुली तर्फ आयकर मात्र १५ करोड ९१ लाख ३८ हजार, मुल्य अभिवृद्धि कर तर्फ ५ करोड ६२ लाख ८९ हजार गरी २१ करोड ५४ लाख १५ हजार रुपैयाँ असुली गरेको छ ।

कार्यालयको कार्यक्षेत्रमा रहेका ४ जिल्लाबाट आ.व. २०७७ – ०७८ लक्ष्य भन्दा ५७ दशमलव २६ प्रतिशत बढी राजश्व संकलन गर्न सफल भएको जनाएको छ । आर्थिक वर्षको वार्षिक लक्ष्य ८६ करोड २० लाख ६ हजार रहेकोमा लक्ष्य भन्दा ५७ दशमलव २६ प्रतिशत बढी १ अर्व ३५ करोड ५५ लाख ६८ हजार रुपैयाँ राजश्व शंकलन गरेको छ ।

यस आर्थिक वर्षमा झण्डै बक्यौता झण्डै २२ करोड र राजश्व छली हुन थालेको झण्डै ६ करोड रहेको कार्यालयले जनाएको छ । सेवा क्षेत्रका चार जिल्लामा १७ हजार करदाता रहेको कार्यालयको तथ्याङक छ ।

प्रकाशित मिति २०७८ साउन १० गते आईतबार ०७:४५
प्रतिक्रिया दिनुहोस्