जनैपूर्णिमाको अवसरमा पुजा गर्न ढोरपाटन पुगे दर्शनार्थी, ढोरबराहमा बिहानैबाट चहल पहल

जनैपूर्णिमाको अवसरमा पुजा गर्न ढोरपाटन पुगे दर्शनार्थी, ढोरबराहमा बिहानैबाट चहल पहल
२०७८ भदौ ६ गते आईतबार ०७:२०

बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन स्थित ढोरबाराही पूजा व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमणको समस्याका कारण केही दिनअघिनै सूचना दिएर मेला नहुने तर स्वास्थ्य मापडण्ड पालना गरेर दर्शन एवंम पुजा गर्न सकिने जानकारी दिएसगैँ...

बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन स्थित ढोरबाराही पूजा व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमणको समस्याका कारण केही दिनअघिनै सूचना दिएर मेला नहुने तर स्वास्थ्य मापडण्ड पालना गरेर दर्शन एवंम पुजा गर्न सकिने जानकारी दिएसगैँ ढोरपाटनमा शनिबारबाट नै चहलपहल सुरु भएको छ ।

नजिकै घर भएका, तत्काल आएर फर्कने र भीड नगर्ने गरी पूजामा सहभागी हुने केही मानिसहरु ढोरबराही दर्शनको लागि ढोरपाटन पुगेको स्थानीय बासिन्दाले बताएका छन् । यो वर्ष नगरपालिकाले पनि मेला महोत्सवमा भेला नहुन सूचित गरेको छ । तर पनि बुर्तिबाङ क्षेत्रबाट लुकिछिपी विभिन्न सवारी साधनमार्फ दर्शनार्थीहरु शनिबार साझँ सम्म ढोरपाटन पुगेका हुन् ।

ढोरपाटन नगरपालिका–९ का अध्यक्ष हरिबहादुर घर्तीले कोरोनाका कारण मेला आयोजना नगरिएको जानकारी दिनुभयो । ढोरपाटनको ढोरबराह मन्दिर र उत्तरगङ्गामा हरेक वर्ष जनैपूर्णिमामा मेला लाग्थ्यो । मेलाका लागि स्थानीय युवा क्लब, समाजसेवी, नेपाली सेनाको ब्यारेकबाट स्वयंसेवी काम हुने गरेको थियो ।

खोलामा अस्थायी पुल हालेर आउजाउमा सहज गराउने काम पनि गरिन्थ्यो । यो वर्ष पनि भीड लाग्न नदिन सहजीकरणको काम गरिने जनाईएको छ । जनैपूर्णिमाको केही दिनअघिदेखि नै यहाँ मेला भर्न सयौं आउने गर्थे । भुजीखोलामा आएको बाढीका कारण बाटोमै अलपत्र परेका दर्शनार्थीहरु राति मात्र ढोरपाटन पुगेको दर्शन तथा पुजा गर्न ढोरपाटन पुगेका हेमलाल गैरेले जानकारी दिनुभयो । आज बिहानैबाट दर्शनाथीहरुले दर्शन एवंम पुजा गर्न सुरु गरेका छन् । भाकल गरेकाहरु आफ्ना मनोकाङक्षा पुरा भएको तथा पुरा होस भनी दर्शन तथा बलिको लागि ढोरपाटन पुगेको गैरेले बताउनुभउयो ।

जनैपूर्णिमाको अवसरमा लाग्ने मेलामा बागलुङ, म्याग्दी र रुकुमसहित गुल्मी, अर्घाखाँची, प्यूठान लगायतका अन्य जिल्लाबाट हजारौं मानिस ढोरपाटन पुग्ने गर्थे । कोरोना सङ्क्रमणको जोखिम रहेको भन्दै ढोरपाटन नगरपालिका र स्थानीय आयोजकले पनि मेला नगर्ने जनाएपछि पूर्णिमाको दिन औपचारिक पूजा मात्रै गरिने भएको वडा अध्यक्ष घर्तिले बताउनुभयो । अघिल्लो वर्ष नगरपालिकाले मन्दिर व्यवस्थापन र घेराबारका लागि मात्रै एक करोड लगानी गरेको थियो ।

ढोरबराहको पूजा गरेर भोग चढाएपछि सुरक्षा र सहकाल आउने यहाँका मानिसमा विश्वास छ । बराह अवतारको स्वरुप भएकोले दर्शन गर्दा साक्षत भगवानको दर्शन पाइने समेत स्थानीयवासीमा विश्वास छ । यहाँ पूजा गरेर गाउने, नाच्ने र आफन्त भेट्ने अवसरको रुपमा जनैपूर्णिमालाई लिने गरिन्छ । नेपाल सरकार र प्रदेश सरकारले नदिएको वर्ष पनि नगरपालिकाले मेलाका लागि बिदा दिएको थियो । यहाँका २२ धाराबाट झरेको पानी उत्तर बगेकोले उत्तरगङ्गा भनिन्छ ।

यो उत्तरगङ्गा ढोरपाटनबाट बगेर रुकुमहुँदै कर्णालीमा पुगेको छ । उत्तरगङ्गा जलविद्युत् आयोजनासमेत यही पानीबाट निकाल्ने तयारी छ ।

प्रकाशित मिति २०७८ भदौ ६ गते आईतबार ०७:२०
प्रतिक्रिया दिनुहोस्