ढोरपाटनको भूजिमा एक व्यक्तिको हत्या, हत्यामा संलग्न ३ जना प्रहरी नियन्त्रणमा

ढोरपाटनको भूजिमा एक व्यक्तिको हत्या, हत्यामा संलग्न ३ जना प्रहरी नियन्त्रणमा
२०७८ भदौ ८ गते मङ्गलबार ०६:३३

बुर्तिबाङ- बागलुङको ढोरपाटन भूजिमा एक व्यक्तिको हत्या भएको छ । हत्याको आरोपमा स्थानीय ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । पक्राउ पर्नेहरुमा १ जना महिला सहित २ जना पुरुष रहेका छन् । गत...

बुर्तिबाङ- बागलुङको ढोरपाटन भूजिमा एक व्यक्तिको हत्या भएको छ । हत्याको आरोपमा स्थानीय ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । पक्राउ पर्नेहरुमा १ जना महिला सहित २ जना पुरुष रहेका छन् ।

गत भाद्र २ गते राति ढोरपाटनको भूजिमा ५१ वर्षिय छविलाल विश्वकर्माको हत्या भएका प्रहरीले बताएको छ । भाद्र ७ गतेमात्र मृतकको शव भेटिएपछि हत्याको प्रारम्भिक अनुसन्धानमा थालिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले बताउनुभयो ।

प्रहरी नियन्त्रणमा आएकाहरुले दिएको बयान अनुसार, उनीहरुले पारिवारिक रिसिबीका कारण विकको हत्या भएको प्रहरीले बताएको छ ।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको छ । आवश्यक अनुसन्धानका लागि जिल्ला पठाइएको प्रहरी निरीक्षक वन्तले बताउनुभयो ।

प्रकाशित मिति २०७८ भदौ ८ गते मङ्गलबार ०६:३३
प्रतिक्रिया दिनुहोस्