बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’
२०७८ भदौ २६ गते शनिवार ०५:३१

बागलुङ र पर्वतको अदुवावारी जोडने लामो झोलुङ्गे पुलको नाम जुरेको छ । सो झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गरिएको छ । सिङगल स्पान प्रविधिमा विश्वकै लामो पुलको संरक्षणकर्ताको रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका...

बागलुङ र पर्वतको अदुवावारी जोडने लामो झोलुङ्गे पुलको नाम जुरेको छ । सो झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गरिएको छ । सिङगल स्पान प्रविधिमा विश्वकै लामो पुलको संरक्षणकर्ताको रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले बाङ्गेचौरबाट पर्वतको अदुवाबारी जोड्ने झोलुङ्गे पुलको नाम गण्डकी गोल्डेन ब्रिज नामाकरण गरेको हो ।

केही समय अघि, लामो पुलको उद्घाटन गर्दै पुलको नामाकरणका लागि बागलुङ नगरपालिकाले आवेदन माग गरेको थियो । पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई रु. २५ हजार राशीको पुरस्कार समेत घोषण गरेको थियो । बागलुङ नगरपालिकाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ नेपालीमा ‘गण्डकी सुनौलो झुला’ नामाकरण गरेको बागलुङ नगरपालिका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभएको छ ।

पुलका लागि धेरैले नाम सिफारिस गरे पनि नगरपालिकाको कार्यपालिकामा उत्कृष्ट १० नाम सिफारिस गरेकोमा ‘गण्डकी गोल्डेन ब्रिज’ नाम स्विकृत भएको हो । उक्त पुलको नाम बागलुङ नगरपालिका वडा नम्बर ५ मालिका निवासी निजामती सेवामा कार्यरत नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका घनश्याम सापकोटाले नामाँकन सहित पेश गर्नुभएको थियो । कालिगण्डकी नदी माथी निर्माण गरिएको पुल ५ सय ६७ मिटर लामो छ ।

प्रकाशित मिति २०७८ भदौ २६ गते शनिवार ०५:३१
प्रतिक्रिया दिनुहोस्