गण्डकी प्रदेश सरकारले सय दिनमा गरेका कामहरु सार्वजनिक (पूर्णपाठ सहित)

गण्डकी प्रदेश सरकारले सय दिनमा गरेका कामहरु सार्वजनिक (पूर्णपाठ सहित)
२०७८ असोज ५ गते मङ्गलबार ०६:१३

गण्डकी प्रदेशमा गत जेठ २९ मा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको गठबन्धन सरकारले आफ्ना एक सय दिनका कामहरू सार्वजनिक गरेको छ । प्रदेश सरकारले पत्रकार सम्मेलन गरी सय दिनको अवधिमा गरेका काम र तयार...

गण्डकी प्रदेशमा गत जेठ २९ मा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको गठबन्धन सरकारले आफ्ना एक सय दिनका कामहरू सार्वजनिक गरेको छ ।

प्रदेश सरकारले पत्रकार सम्मेलन गरी सय दिनको अवधिमा गरेका काम र तयार पारेका योजनाहरूको बारेमा मुख्यमन्त्री पोखरेलले जानकारी गराउनुभयो । त्यस क्रममा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले सञ्चालन गरिरहेका कार्यक्रमलाई गति प्रदान गर्नका अतिरिक्त जनताका तत्कालीन आवश्यकता र समस्यालाई सम्बोधन गर्ने गरी कार्यक्रम कार्यान्वयन गर्दा छोटो समयमा पनि धेरै उपलब्धि हासिल भएको बताउनुभयो ।

उहाँले आर्थिक वर्षको अन्त्यमा सरकारको जिम्मेवारी लिँदै गर्दा अघिल्लो सरकारले कार्यान्वयन गरिरहेका कार्यक्रमहरूको कार्यान्वयनमा जोड दिँदै सोही बजेटको सीमितता भित्र रहेर जनताका तत्कालका आवश्यकतालाई सम्बोधन गर्ने प्रयास यो सरकारले गरेको दाबी गर्नुभयो ।

वर्षातको सुरुवातसँगै मौसमी प्रतिकूलताका कारण गण्डकी प्रदेश बाढी पहिरो र विपद्जन्य घटनाबाट आक्रान्त बनेकोले सरकार गठनपश्चात् तत्काल प्रदेशका विभिन्न जिल्लामा घटेका विपद्का घटनाले सरकारलाई विपद् व्यवस्थापन राहत तथा उद्धारमा केन्द्रित हुनु पर्ने अवस्था आएको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

जनताको जीवन रक्षा तथा अन्य क्षति न्यूनीकरणका लागि सरकार निरन्तर क्रियाशील रहँदै आएको र त्यस कार्यमा सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिरहेको पनि उहाँले बताउनुभयो ।

यस्ताे छ कामको पूर्णपाठ

प्रकाशित मिति २०७८ असोज ५ गते मङ्गलबार ०६:१३
प्रतिक्रिया दिनुहोस्