म्याग्दी- आईतबार म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीमाथि भएको दुव्र्यहारप्रति सर्वत्र विरोध भएको छ । अधिकृत सुबेदीमाथि दुव्र्यवहारमा संलग्नलाई कारबाहीको माग गर्दै जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत, कर्मचारी र राजनीतिक दलका नेता लगायतले विरोध गरेका हुन् ।
जिल्लाका सबै गाउँपालिकाका प्रमखु प्रशासकिय अधिृकतले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवेदीमाथि भएको दुव्र्यहार निन्दनीय भएको भन्दै घटना संग्लनलाई कारबाहीको माग गर्दै सोमबार प्रेस वक्तब्य निकालेका छन् । शान्तिपुणर् वातावरणमा समस्याको समाधान नगरी अनैतिक कार्यप्रति संग्लनलाई कारबाही माग गर्दै पाँच गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले सयुक्त विरोध प्रेस बक्तव्य निकाल्दै शान्तिपुणर् बाटोबाट समस्याको समाधान खोज्न आग्रह गर्नुभएको छ ।
आइतबार दिउँसो करिब साढे १२ बजे कार्यकक्षमा प्रवेश गरेका चार जनाको समुहले प्रशासकीय अधिकृत सुवेदीलाई कालो झोलिलो पदार्थ प्रहार गरि दुव्र्यवहार गरेका थिए । विज्ञप्तीम चन्दा आतंक र धरपकडले सुरक्षा चुनौती थपेको भन्दै फरार रहेका तीन जनालाई अबिलम्ब खोजी गरि आबश्यक अनुसंधान सहित कडा भन्दा कडा कारबाहीको माग सहित बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले विज्ञप्ती सार्वजनिक गर्नुभएको थियो ।











