मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको परादीमा बस र ट्रयाक्टर ठोक्किँदा एकको मृत्यु २३ घाइते

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको परादीमा बस र ट्रयाक्टर ठोक्किँदा एकको मृत्यु २३ घाइते
२०७८ मङ्सिर १८ गते शनिवार १२:०३

पर्वत- मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ परादीमा बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। वीरगन्जबाट बागलुङका लागि छुटेको ग २ ख ००९८ को यात्रुवाहक बसले पातिचौरदेखि दोबिल्लातर्फ...

पर्वत- मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ परादीमा बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

वीरगन्जबाट बागलुङका लागि छुटेको ग २ ख ००९८ को यात्रुवाहक बसले पातिचौरदेखि दोबिल्लातर्फ जाँदै गरेको को १ च ६४२७ नम्बरको ट्याक्टरलाई बिहान करिब सात बजेको समयमा ठक्कर दिएको हो। ट्याक्टरमा मजदुरहरू रहेका थिए भने सोही ट्याक्टरमा सवार लामा कन्स्ट्रक्सनमा कार्यरत मजदुर १८ वर्षीय मृत्यु विशाल लामिछानेको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार दुर्घटनामा परी सामान्य घाइते भएका १८ जनालाई उपचारको लागि पर्वत अस्पतालमा पठाइएको छ भने गम्भीर घाइते भएका पाँच जनालाई उपचारको लागि पोखरा लगिएको छ।

प्रत्यक्षदर्शी रोशन तिवारीका अनुसार बस र ट्याक्टर एकै दिशातर्फ गइरहेको बेलामा ओभरटेक गर्ने क्रममा बसले  ट्र्याक्टरलाई ठक्कर दिएको हो।

प्रकाशित मिति २०७८ मङ्सिर १८ गते शनिवार १२:०३
प्रतिक्रिया दिनुहोस्