बागलुङमा सञ्चालित राष्ट्रिय लोक भजन महोत्सवबाट ६ लाख ८६ हजार ८ सय ३३ रुपैयाँ बचत भएको छ । हिन्दु धर्मको रक्षार्थ बागलुङ नगरपालिका–६ श्रीधाराचार्य शालग्राम संग्राहलय तिरुपति बालाजीधाम कुँडुले फेदीमा सञ्चालन गरिएको राष्ट्रिय लोक भजन महोत्सव ६ लाख ८६ हजार ८ सय ३३ रुपैयाँ बचत भएको भजन महोत्सवका संयोजक राजु खड्काले बताउनुभयो ।
महोत्सवमा विभिन्न व्यक्ति तथा समुहले स्वतःस्फूर्त रुपमा १३ लाख ४४ हजार २ सय ३८ रुपैयाँ सहयोग गरेका थिए । त्यस रकम मध्ये ६ लाख ५७ हजार ४ सय ५ रुपैयाँ खर्च भएको महोत्सवका सह–संयोजक संगम क्षेत्रीले बताउनुभयो ।
साउण्ड सिस्टम, टेण्टको लागि १ लाख ६ हजार ३०, भजन समुह तथा कलाकारको लागि १ लाख ९६ हजार ८ सय, विद्युत व्यवस्थापनको लागि २७ हजार, फोटो भीडियोको लागि १० हजार, प्रचारप्रसारको लागि ११ हजार ७ सय ९०, ब्रह्माण दक्षिणा पूजाको लागि ७४ हजार २ सय, छपाई तथा फ्रेमको लागि १ लाख ५० हजार ९ सय ५५, भोजन तथा प्रसादीको लागि ५५ हजार ७ सय ३०, म्याट फमको लागि १४ हजार ९ सय, गेट निर्माणको लागि १० हजार रुपैयाँ खर्च भएको छ ।










