म्याग्दीको थामडाडामा ल्होसारको रमझम सुरु

म्याग्दीको थामडाडामा ल्होसारको रमझम सुरु
२०७८ पुस १० गते शनिवार ०४:४९

म्याग्दीको बेनी नगरपालिका–४ थामडाडामा गुरुङ समुदायले मनाउने तमु ल्योहार पर्वको रमझम शुरु भएको छ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँछन् । थामडाडा म्याग्दीमा गुरुङ...

म्याग्दीको बेनी नगरपालिका–४ थामडाडामा गुरुङ समुदायले मनाउने तमु ल्योहार पर्वको रमझम शुरु भएको छ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँछन् । थामडाडा म्याग्दीमा गुरुङ समुदायको सबैभन्दा धेरै बसोबास भएको गाउँ हो ।

गुरुङ समुदायले नयाँ बर्षको रुपमा धुमधामका साथ मनाउने ल्योहार पर्वलाई स्वागत गर्न थामडाडामा शुक्रबार देखि खेलकुद तथा सांस्कृतिक मेला शुरु भएको छ । ल्होसार मेला आयोजक समितिका अध्यक्ष गोपाल गुरुङले परम्परालाई निरन्तरता दिदै मेला सञ्चालन गरेको बताउनुभयो ।

ल्होसार मनाउन रोजगारी, पेशा, ब्यवसाय र अध्ययनका लागि स्वदेश र बिदेशमा गएकाहरु घर फर्किएका छन् । थामडाडाबासीलाई ल्याहोसार पर्वले एकताको सुत्रमा बाँधेको छ । मेलाको समाजशास्त्री प्राध्यापक डा. ओम गुरुङले उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा साबिक वडा स्तरको पुरुष, महिला र प्रौद्ध भलिबल, लठो तान्ने, अन्धनिशान, छेलो र खुल्ला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने भएको छ । यसैगरी कलाकारहरुको गित र नृत्य प्रस्तुति मेलाको थप आकर्षणको रुपमा रहेको छ ।

प्रकाशित मिति २०७८ पुस १० गते शनिवार ०४:४९
प्रतिक्रिया दिनुहोस्