तमु ल्होसारमा गण्डकी प्रदेशमा सार्वजनिक विदा

तमु ल्होसारमा गण्डकी प्रदेशमा सार्वजनिक विदा
२०७८ पुस १४ गते बुधबार ०५:५६

तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशले राष्ट्रियबाहेक ६ दिन थप बिदा सक्ने अधिकार छ । त्यसअनुसार प्रदेश सरकारले गत २०७७ चैत १७ गते नै तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय...

तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेशले राष्ट्रियबाहेक ६ दिन थप बिदा सक्ने अधिकार छ । त्यसअनुसार प्रदेश सरकारले गत २०७७ चैत १७ गते नै तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गुरुङ समुदायको तमु ल्होछार यही पुस १५ गते बिहीबार परेको छ ।

बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने कुरा आज सूचना जारी गरेर मुख्यमन्त्रीको कार्यालयले जानकारी गराएको हो । गण्डकी प्रदेश सरकारले तमु ल्होसारजस्तै माघे संक्रान्ति, इदलगायत स्थानीय बिदा दिँदै आएको छ ।

प्रकाशित मिति २०७८ पुस १४ गते बुधबार ०५:५६
प्रतिक्रिया दिनुहोस्