म्याग्दीको तातोपानी कुण्ड आजदेखि खुल्यो

म्याग्दीको तातोपानी कुण्ड आजदेखि खुल्यो
२०७८ फाल्गुण १ गते आईतबार ०६:०५

कोरोना महामारीका कारण गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको तातोपानी कुण्ड आजदेखि खुला गरिएको छ। जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)को निर्णयअनुसार कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना नियमित खुला...

कोरोना महामारीका कारण गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको तातोपानी कुण्ड आजदेखि खुला गरिएको छ। जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)को निर्णयअनुसार कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना नियमित खुला गरिएको हो।

बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक चिकित्सालयको रूपमा लिइने तातोपानी कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकाले मात्र स्नान गर्ने पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

कुण्डमा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत नियमित आउने भएकाले जनस्वास्थ्यको पालनालाई अनिवार्य गरिएको समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो । कुण्डमा स्थान गर्न वार्षिक ३० हजारभन्दा बढी आउने शाक्यले बताउनुभयो ।

मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सियसको तापक्रममा निस्कने विरेनुन स्वादको तातोपानी आउने गरेको छ। जमिनभित्रबाट विरेनुनको गन्धसहित निस्कने तातोपानीम नियमित नुहाउँदा छालासम्बन्धी रोग, ग्याष्ट्रिक तथा अन्य बाह्य रोग निको हुने बिरामीहरू बताउँछन् ।

प्रकाशित मिति २०७८ फाल्गुण १ गते आईतबार ०६:०५
प्रतिक्रिया दिनुहोस्