नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको पदाधिकारी चयन

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको पदाधिकारी चयन
२०७८ चैत १० गते बिहिबार ०८:३०

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको पदाधिकारी चयन भएको छ । बुधबार सम्पन्न गण्डकी प्रदेशको निर्वाचनबाट उपाध्यक्षमा गुणाखर बस्याल, मित्रशरण शर्मा र ज्ञामनाथ गैह्रे निर्वाचित भएका छन् । यस्तै सचिवमा जगन्नाथ खनाल, सहसचिवमा अतिन्द्रकेशरी...

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको पदाधिकारी चयन भएको छ । बुधबार सम्पन्न गण्डकी प्रदेशको निर्वाचनबाट उपाध्यक्षमा गुणाखर बस्याल, मित्रशरण शर्मा र ज्ञामनाथ गैह्रे निर्वाचित भएका छन् । यस्तै सचिवमा जगन्नाथ खनाल, सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने, मेख बहादुर भण्डारी र टेक बहादुर बिक निर्वाचित हुँदा कोषाध्यक्षमा तारा भुषाल चयन भएको सो पार्टीले जनाएको छ ।

माओवादीको गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुशुम) यसअघि नै चयन भएकी थिइन् । गत मंसिरमा सम्पन्न अधिवेशनले उनको नेतृत्वमा २२९ सदस्यीय प्रदेश समिति बनाउने भनेपनि पदाधिकारी भने चयन हुन सकेको थिएन ।

प्रकाशित मिति २०७८ चैत १० गते बिहिबार ०८:३०
प्रतिक्रिया दिनुहोस्