असिना पानीले अन्नबाली सखाप

असिना पानीले अन्नबाली सखाप
२०७८ चैत २७ गते आईतबार ०८:५७

 म्याग्दीमा शनिबार दिउँसो परेको भिषण असिनापानीले ठूलो क्षति पु¥याएको छ । बर्षासँगै परेको असिनापानीले बेनी नगरपालिका, मंगला, रघुगंगा गाउँपालिकाको विभिन्न वडामा पाकेर थन्काउने बेलाको गहुँ, जौ, सुन्तला लगायतका कृषिजन्य खेतीमा ठूलो...

 म्याग्दीमा शनिबार दिउँसो परेको भिषण असिनापानीले ठूलो क्षति पु¥याएको छ । बर्षासँगै परेको असिनापानीले बेनी नगरपालिका, मंगला, रघुगंगा गाउँपालिकाको विभिन्न वडामा पाकेर थन्काउने बेलाको गहुँ, जौ, सुन्तला लगायतका कृषिजन्य खेतीमा ठूलो क्षति पु–याएको स्थानीय कृषकले बताएका छन् ।

बेनी नगरपालिका ३, भकिम्लीका ७० वर्षीय कर्णबहादुर रोकाले अहिलेसम्मकै ठूलो असिनापानी देखेको बताए ।‘एक्कासी परेको असिनापानीले खेतबारी नै सेताम्मे भयो । खेतबारीका अन्नबाली सखाप भएको छ,’ रोकाले भने । बेनी नगरभित्रका धेरै वडामा असिनापानीले असर गरेको छ । भकिम्लीको हल्लेगौडा, पानीस्वाँरा लगायतका बस्तीहरूमा असिनापानीबाट क्षती भएको छ । खेतबारी हिउँजस्तै सेताम्मे भएको छ । खेतबारीमा करिब आधाफिटसम्म परेको असिनाले गखाद्यन्नबाली र तरकारी खेतीमा समेत ठूलो क्षति भएको छ ।

असिनापानीसँगै आएको बाढीका कारण ग्रामिण सडक समेत हिलाम्मे भएको छ । जिल्लाभर अनिसापानीबाट भएको क्षतिको विवरण प्राप्त नभपनि स्थानीय तहले कृषि शाखामार्फत विवरण संकलन गर्ने जनाएको छ । जिल्लामा सबैभन्दा धेरै सुन्तला उत्पादन हुने भकिम्लीका अधिकांश सुन्तलाबारीमा समेत असिनाले ठूलो क्षति पुगेको छ ।

सुन्तलाको पात नै झर्ने गरी असिनापानी परेको स्थानीय कृषकको भनाई छ । करिब एकघण्टाको बीचमा परेको असिनापानीबाट बजारमा लैजान तयारी भएको तरकारी समेत कामै नलाग्ने गरी नष्ट भएको छ।

प्रकाशित मिति २०७८ चैत २७ गते आईतबार ०८:५७
प्रतिक्रिया दिनुहोस्