ढोरपाटन नगरपालिकामा पाँच दलीय गठबन्धन र एमाले सहित विद्रोही जनमोर्चाबीच चुनावी तालमेल छ । स्थानीय तह निर्वाचनमा कस्ले कसरी वाजी मार्ने भन्ने होड चर्को छ । त्यत्ति मात्र होईन, कस्का कार्यकर्ता कसरी आफ्नो पोल्टामा पार्नेसम्मको होड पनि उस्तै छ ।
ढोरपाटन नगरपालिकाको बोबाङमा पाँच दलीय गठबन्धनको चुनावी सभा र जनभेटघाट भयो । जहाँ एमालेका एक कार्यकर्ताले खादा र टिको लगाए । एमालेका कार्यकर्ता गठबन्धनको कुन पार्टिमा भित्रिए त्यो स्पष्ट त भएन तर गठबन्धनमा आए भनेर प्रचार गरियो । त्यसको भोलीपल्ट उनी बहकिएर गठबन्धनको टिको र खादा लगाएको भन्दै एमाले कार्यकर्ता नै रहेको वत्तत्व्य जारि गरे । यसले के देखाउँछ भने ढोरपाटनको जनतामा राजनैतिक चेतना स्तर कत्तिको मजबुत छ । प्रश्नले प्रश्नलाई ठहरै बनाउँछ । गज्जब त के हुन्छ भने, यहाँ स्थानीय स्तरको शोक भोक र रोगसँग भोटको हिसावकिताव उहिल्येबाट चल्दैआएको परम्परा मान्न सक्ने देखिन्छ ।
देख्ता र हेर्दा गतिलै मान्छे भएपनि भोटलाई सादावाजी गर्ने र मताधिकारको मोलमोलाई मज्जाले मौलाउँने देखिन्छ । चेनताले अस्था परिवर्तन हुँदैन । चित्रले अवस्था परिवर्तन गराईदिन्छ । आफ्ना दर्द, बेदना र समाज बदल्ने, चिन्तन के मतलव न राजनीति गर्ने नेतालाई अत्तोपत्तो छ । नत त्यसका कार्यकर्तालाई मैले किन पार्टिको समर्थक बन्ने हेक्का नै छ । कसरी छाक बदल्ने वा थाल, प्लेट बदल्ने भन्ने मात्र चिन्ता देखिन्छ । त्यसको फाईदा दल र त्यसका नेताहरुलाई उस्तैछ ।
जवसम्म त्यहाँका जनताको चेत बदल्ने नेता जन्मदैनन् । भौतिक विकासमा मात्र होईन नागरिकको चेतनामा समेत परिवर्तन गर्ने लक्ष्य र उद्धेश्य राजनीतिबाट राज्यसत्ताको पगरी बोक्नेहरुले जान्दैनन् । तवसम्म त्यो विकट मानसिकतामा फेरबदल हुँदैन । नेतालाई यस्तैमा रमाउन मन पर्छ । यही समाजमा आस, गास र बकवासको खेति गर्न रुची हुन्छ ।
अहिलेपनि यहाँका नेताहरु आफूले जनताको अवस्था बदल्ने बात गर्दैनन् । त्यो क्षमता छ छैन थाहा छैन तर एक अर्कालाई गालीगलौज गर्ने क्षमता अब्बल छ । यसले जनतामा के चेत घुस्ला ? राजनैतिक संयमता, सामाजिक मूल्य, मान्यता र मर्यादाको दोलो काढेर कसरी विपक्षीको व्यईज्जेत गर्ने वा साह्रो चिच्याएर सुन्नेको कान ट्टयाएर खारो नेतो भईन्छ भन्ने होड यहाँ छ । नयाँ पुस्ताले यि नेताहरुको गतिविधि, विचार र वक्त्व्यकाट सिक्छ के ? यहाँ अरु जान्ने बुझ्ने र सुन्ने क्षमताका मान्छे छन भन्ने पाँच पैसाको हेक्का नेतामा देखिएन । जमाना फेरियो । समय बदलियो । पूस्ता परिवर्तन भइरहयो । शिक्षा, चेतनाको स्तरले नागरिका सोच्ने र बुझ्ने क्षमताका तीव्रतर विकास भयो । ज्ञान क्षमता र तथ्य जान्ने युवा पुस्ता मस्तै छन् । यो हेक्का आजका नेताहरुमा छैन । पुराना र थोत्रा कुरा गरेर आजका पूस्ताको मगज ट्टयाउने गरि चिथोरिएर बकेको बकाईले उनीहरुको चेतनामा थकाई लागि सक्यो । तर नेताको चेतमा परिवर्तन पटक्कै छैन । नजान्नेहरुको अघि खुब जान्ने भनिदो होला जान्ने सुन्ने र बुझ्नेको दिमागमा हाम्रो राजनीति, त्यसका कार्यकर्ताको चेनता, सामाजिक मूल्य मान्यता सुहाउँदो व्यवहार कहिले देख्न पाइने हो । त्यो पत्तो छैन । कसैको निधार रंग्याएर उसको व्यब्क्तिगत मान मर्दान गरि यो मेरो र त्यो मेरो भन्ने राजनैतिक चेतनाले एक छिन उसको नककली आस्था परिवर्ता होला तर अवस्था परिवर्तन गर्नेछैन ।









