बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया

बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया
२०८१ कार्तिक ५ गते सोमबार ०५:२५

पोखरा कार्तिक ५/ प्रदेश सरकार कृषि भूमि ब्यवस्था तथा सहकारी मन्त्रालय तथा सरोकारवालाहरुसँग बीमा सम्बन्धी छलफल तथा अन्तक्रिया भएको छ । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशको आयोजनमा सोमबार पोखरामा छलफल तथा अन्तरक्रिया भएको हो । कार्यक्रममा...

पोखरा कार्तिक ५/ प्रदेश सरकार कृषि भूमि ब्यवस्था तथा सहकारी मन्त्रालय तथा सरोकारवालाहरुसँग बीमा सम्बन्धी छलफल तथा अन्तक्रिया भएको छ । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशको आयोजनमा सोमबार पोखरामा छलफल तथा अन्तरक्रिया भएको हो ।

कार्यक्रममा बाली तथा पशुधन बीमाको प्रिमियममा प्रदान भइरहेको अनुदान सम्बन्धी नयाँ कार्यबिधि बाली तथा बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यबिधि २०८१ मा भएका ब्यवस्थाहरु एवम् कृषि पशुपन्छी एवम् जडीबुटी बीमा सम्बन्धी समसाायिक बिषयहरुमा सरोकारवालाहरु सगँ छलफल भएको नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशवप्रसाद दाहालले जानकारी दिनुभयो ।

छलफलमा बोल्दै गण्डकी प्रदेश सरकारकी भूमी ब्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले कृषि बिमालाई प्राभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कृषि बिमा किन गर्ने त भन्ने प्रश्न किसानबाट आउने गरेको बताउदै त्यसको लागि बिमा प्राधिकरण, मन्त्रालय र सम्बन्धित निकायले सबैले चासो राख्नु पर्नेमा मन्त्री श्रेष्ठको जोड रहेको थियो ।

कृषि,भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. टंक प्रसाद प्रसाईले कृषकहरूलाई कृषि तथा पशुपन्छी बीमाका बारेमा जागरुक गराउन कम्तीमा पनि वडा वडामा वा गाउँपालिकामा पुगेर बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कृषि विकास निर्देशनालयका महानिर्देशक बासुदेव रेग्मीले कृषि बीमा प्रक्रियालाई सहज एवम् सरल बनाउनुपर्ने र अनुगमनलाई कडाइका साथ अगाडि बढाउनुपर्ने बताउनुभयो ।पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. बालकुमार श्रेष्ठले कृषि तथा पशुपन्छी बीमाको कार्यान्वयनमा देखिएका समस्याहरूको दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा निप्स पोखरा च्याप्टरका अध्यक्षय बद्रिनाथ पौडेल,भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयका कर्मचारीहरु,बीमा कम्पनीका प्रमुखहरु र कृषकहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा प्रस्तुतिकरण नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सुन्दरप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा कृषकहरुले कृषि बीमा सम्बन्धी जिज्ञासा र गुनासो समेत राखेका थिए ।

प्रकाशित मिति २०८१ कार्तिक ५ गते सोमबार ०५:२५
प्रतिक्रिया दिनुहोस्