कोशिश कास्कीमा पुनः अर्जुन सुनार

कोशिश कास्कीमा पुनः अर्जुन सुनार
२०८१ कार्तिक २१ गते बुधबार ०५:११

पोखरा कार्तिक २१/ कोशिश कास्कीको अध्यक्षमा पुनः अर्जुन सुनार चयन हुनुभएको छ । गएको कार्तिक १४ गते भएको पहिलो साधरणसभा तथा अधिवेशन मार्फत सुनार पुनः अध्यक्षमा सर्बसम्मत चयन हुनुभएको हो । सुनारको नेतृत्वमा नयाँ ९ सदश्य नयाँ कार्यसमित...

पोखरा कार्तिक २१/ कोशिश कास्कीको अध्यक्षमा पुनः अर्जुन सुनार चयन हुनुभएको छ । गएको कार्तिक १४ गते भएको पहिलो साधरणसभा तथा अधिवेशन मार्फत सुनार पुनः अध्यक्षमा सर्बसम्मत चयन हुनुभएको हो । सुनारको नेतृत्वमा नयाँ ९ सदश्य नयाँ कार्यसमित समेत गठन भएको छ । जस्को उपाध्यक्षमा शारदा तिमिल्सिना,कोषाध्यक्षमा लक्ष्मी नेपाल,सचिवमा मनोज गुरुङ,सह–सचिवमा दासु अधिकारी,सदश्यहरुमा इन्द्रराज सुवेदी,कल्पना पराजुली,आशिका सुवेदी र बुढिमाया नेपाली चयन हुनुभएको सस्थाले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ५ का वडा अध्क्षय बिष्णुप्रसाद बरालले संस्थाले गरेका काममा प्रंशसा गदै मनोसामाजिक अपाङ्गगताको क्षेत्रमा समाजमा अझै सवल भएर वकालत गर्न आग्रह गर्नुभयो।२०८० साल कार्तिक १७ गते गण्डकी प्रदेशको पोखरामा दर्ता भएको संस्थाले मनोसामाजिक अपाङ्गगताको क्षेत्रमा बिभिन्न कार्यक्रमहरु वकालत,पैरवी,स्व–हेरचाह,औषधि सेवामा बिमा लगाएतको काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति २०८१ कार्तिक २१ गते बुधबार ०५:११
प्रतिक्रिया दिनुहोस्