पोखरा कार्तिक २३ / जल्पादेवी महिला उद्धार समुह पोखरा ८ को अध्यक्षमा दुर्गा अधिकारी चयन हुनुभएको छ । समूको बिहिबार भएको ९ औँ अधिवेशन तथा २६ औँ बार्षिक साधरणसभाले अधिकारीको नेतृत्वमा १५ सदस्यि नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित अधिकारीले सस्थाप्रति सहयोग गर्ने सबैमा धन्यवाद ब्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरामहानगरपालिकाका वडा ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले जल्पादेवी महिला समुहले समाजमा गरेका कामको खुलेर प्रंससा गर्नुभयो । कार्यक्रममा सृजना विकास केन्द्रका अध्क्षय बिष्णुप्रसाद बराल,सृजना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्क्षय शुस्मा बराल,समुहका निर्वतमान अध्क्षय कान्ति अधिकारी,पुर्व अध्क्षय तथा सल्लाहकार पोखरा ८का महिला सदश्य पवित्रा के।सी,समूहका संस्थापक अध्क्षय सारदा सुवेदी,जल्पादेवी बहुउद्धेश्यीय विकास समितिका उपाध्क्षय शन्ति सिक्देल,रेडियो सराङकोटका प्रमुख कृष्ण थापा लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा समूहका कोषाध्क्षय सुनिता बरालले आर्थिक प्रतिवेदन,सचिव अमृता गिरीले बार्षिक कार्य प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो ।समूहका अध्यक्ष राधिका थापाको अध्क्षयतामा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्क्षय दुर्गा अधिकारीले र कार्यक्रमको सञ्चालन समूहका सचिव अमृता गिरीले गर्नुभएको थियो ।










