१४३ किलोग्राम गाँ’जा’सहित तीन जना पुलिसको फन्दामा

१४३ किलोग्राम गाँ’जा’सहित तीन जना पुलिसको फन्दामा
२०७८ असार ३ गते बिहिबार ०८:२८

कन्टेनर गाडीमा रहेको १४३.३ किलोग्राम गाँ'जा'सहित हेटौंडाबाट प्रहरीले तीन जनालाई समातेको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभञ्ज्याङमा ना १ ख ९९१० नम्बरको कन्टेनर गाडीमा रहेको उक्त परिमाणको गाँ'जा'सहित तीन जनालाई बिहीबार बिहान...

कन्टेनर गाडीमा रहेको १४३.३ किलोग्राम गाँ’जा’सहित हेटौंडाबाट प्रहरीले तीन जनालाई समातेको छ ।

हेटौंडा उपमहानगरपालिका–११ थानाभञ्ज्याङमा ना १ ख ९९१० नम्बरको कन्टेनर गाडीमा रहेको उक्त परिमाणको गाँ’जा’सहित तीन जनालाई बिहीबार बिहान प्रहरीले समातेको हो ।

पुलिसको फन्दामा पर्नेहरूमा गाडी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ सिगार्सेका २८ वर्षीय सनकबहादुर तामाङ, गाडीका सहचालक सोही नगरपालिका–८ मानेश्वराका २४ वर्षीय सोमे तामाङ र गाडीमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१ गल्छराङका १८ वर्षीय किशोर रहेका छन् ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको उक्त कन्टेनर गाडीमा गाँ’जा ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा चालक बस्ने सिट पछाडि फल्स बटम बनाई गाँ’जा ल्याएको फेला परेपछि उनीहरुलाई समातिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ असार ३ गते बिहिबार ०८:२८
प्रतिक्रिया दिनुहोस्