भरतपुरको बाइपासरोडमा युवालाई बुटैबुटले हान्ने असई निलम्बित

भरतपुरको बाइपासरोडमा युवालाई बुटैबुटले हान्ने असई निलम्बित
२०८१ माघ ८ गते मङ्गलबार ०६:०६

भरतपुर बाइपासरोडमा मध्यराती प्रहरीको बुटैबुटले हान्ने असई निलम्बित भएका छन्। चितवनको भरतपुस्थित गणेशस्थान प्रहरी बिटमा कार्यत असइ बुद्धिबहादुर घर्ती भुजेल निलम्बित भएका हुन्। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ खोले...

भरतपुर बाइपासरोडमा मध्यराती प्रहरीको बुटैबुटले हान्ने असई निलम्बित भएका छन्। चितवनको भरतपुस्थित गणेशस्थान प्रहरी बिटमा कार्यत असइ बुद्धिबहादुर घर्ती भुजेल निलम्बित भएका हुन्।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ खोले गुम्बानजिकैको बाइपास सडकखण्डमा एक जना युवकमाथि निर्घात कुटपिट गर्ने कार्यमा संलग्न रहेको आरोप लागेका असई बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका जीला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी ज्ञान कुमार महतोको नेतृत्वमा गठित पांच सदस्यीय टोलीले उक्त घटना सम्बन्धमा अनुसन्धान शुरु गरेको थियो। अनुसन्धानका क्रममा उक्त घटना पुस १५ गते राती भरतपुर बाइपास रोडमा भएको खुलेको र ती युवालाई बुटैबुटले हान्ने प्रहरी अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत असई भुजेल भएको खुलेको बताइएको छ।

असई भुजेलले प्रहरी आचरणविपरीत काम गरेकाले निलम्बन गरिएको एसपी मिश्रले जानकारी दिए ।

रातको समयमा चेकिङमा बसेका असई भुजेलले ‘माथिको पावर देखाएको’ भन्दै लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेको भाइरल भिडियोमा प्रष्ट देखिएको छ।

कुटाइखाने व्यक्ति भरतपुरकै भोजाडतिरका भएको प्रारम्भिक सूचना छ । ती व्यक्तिलाई खोज्ने काम भइरहेको चितवन प्रहरी प्रमुख मिश्रले बताए ।

प्रकाशित मिति २०८१ माघ ८ गते मङ्गलबार ०६:०६
प्रतिक्रिया दिनुहोस्